६१ विपन्न परिवारलाई त्रिवेणी गाउँपालिकाद्वारा सोलार सेट वितरण

सल्यान, २५ असार ।
सल्यानको त्रिवेणी गाउँपालिकाले ६१ विपन्न परिवारलाई सोलार सेट वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका ६१ घरधुरी विपन्न परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिनुभयो ।

सोलार पाउनेमा आर्थिक रूपमा विपन्न रहेका एकल महिला, दलित, जनजाति रहेको गाउँपालिका उहाँले बताउनुभयो । उज्यालो गाउँपालिका कार्यक्रम अन्र्तगत विद्युत नपुगेका र अति विपन्न घरपरिवार पहिचान गरी सोलार वितरण गरिएको उहाँको भनाई छ ।
तत्काल विद्युत विस्तार गर्न नसकिएको वडामा अध्यारोमा बस्न वाध्य भएका परिवार पहिचान गरी प्रत्येकलाई ५० वाट क्षमताको सोलार बाँडिएको छ । आगामी वर्ष यसलाई थप विस्तार गरिने लक्ष्य रहेको अध्यक्ष डाँगीको भनाइ छ ।

उहाँले वडा नं. १ मा ११ घरधुरी र बाँकी पाँच वडामा १०÷१० घरधुरीका हिसाबले सोलार वितरण गरिएको बताउनुभयो ।
वडाका विपन्न घरधुरीमा सोलार विस्तार भएपछि उनीहरुको दैनिक जीवन यापनमा सहज हुने गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताउनुभयो ।

अहिलको समयमा टुकीको सहारामा अध्यारो कटाउनुपर्ने बाध्यताका उनीहरुको लागि कार्यक्रम उपयोगी भएको उहाँको भनाई छ । सोलारको प्रयोगबाट महिलाहरुको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने उहाँको भनाई छ । गाउँपालिकामा अझै विपन्न घरधुरीलाई वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

<