नेपाली कांग्रेस सल्यानको जागरण अभियान सम्पन्न

 

      सल्यान, २६ जेठ
नेपाली कांग्रेस सल्यानले पार्टीको १ महिने जागरण अभियान अन्तरगत सदरमुकाम खलंगामा शक्ति प्रदर्शन तथा अभियानको समापन गरेको हो । पार्टीका विभिन्न तहका नेता तथा जिल्लाका हरेक ठाउँबाट कार्यकर्ताहरु प्रदर्शन तथा समापन कार्यक्रमको र्यालीमा सहभागी भएका थिए ।

डाडागाउ पिपल चौतारा देखि बसपार्क ठन्डि सडक, हुलाक घर हुँदै बसपार्क हुँदै पुनः पिपल चौतारा आएको र्याली कोन सभामा परिणत भएको थियो । र्यालीमा सरकार बिरुद्ध चर्को नारा लगाएको थियो । शक्ति प्रदर्शनमा २५ सय कार्यकर्ताको उपस्थित रहेको कांग्रेस सल्यानका सचिब चक्र देबकोटाले बताएका छन ।

समापन कार्यक्रममा नेकपा छोडी ३ दर्जन बढिले कांग्रेसमा प्रबेस गरेका छन ।  १ महिना सम्म चलेको जागरण अभियानमा विभिन्न पार्टी छाडि ४ सय बढिले कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस सल्यानले जनाएको छ ।

केन्द्रिय प्रतिनिधि सुरेन्दर्् हमालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रमलाई निम बहादुर वलि, शुरेस अधिकारी, गोरख केसि, संतोष केसि, मान बहादुर डाङी, केस बहादुर बिस्ट ,सीता केसि, डिल्लिराज रेग्मी, गणेश चन्दलगाएतका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्ने नेताहरुले सरकारले जनाताका मौलिकहक कुण्ठित गरेको आरोप लगाएका छन । सरकारले दुईतिहाइको दम्भ देखाई लोकन्त्र मासिरहेको आरोप समेत लगाएका छन ।

अधिनायकवाद तन्त्र सुरुभयको भन्दै कार्यक्रमका बक्ताहरुले बालुवाटार बाट सरकारले भ्रष्टाचारि र बलात्कारिलाई संरक्षन गरिरहेको आरोप लगाएका छन।उनिहरुले अहिलेको सरकार भ्रष्टाचारमा चुर्लुम डुबेको दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस

<