स्मार्ट कृषि गाउमा २४ लाखका औजार हस्तान्तरण

 

दाङ, २६ जेठ ।
लमही ९ हर्दवाको स्मार्ट कृषि गाउँमा २५ लाख बराबरका कृषि औजार हस्तान्तरण गरिएको छ । कस्टम हाईरिङ सेन्टर स्थापनाका लागि स्मार्ट कृषि गाउँमा कृषिका बिभिन्न औजारहरु हस्तान्तरण गरिएको हो ।

प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माको निर्वाचन क्षेत्रको उक्त कृषि गाउँका किसानहरुलाई पावर ट्रिलर, मकै गोड्ने, छोडाउने मेसिन हस्तान्तरण गरिएको छ ।

ति सामग्रीहरु प्रदेशसभा सदस्य शर्मा, दामा शर्मा, कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।

प्रदेश नं. ५ सरकारले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रको एउटा गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने योजना अनुसार हर्दवालाई दाङ क्षेत्र नं. १ को प्रदेशसभा १ बाट स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो ।

अहिले त्यहाँ कागती र बाख्रामा नमूना गाउँ बनाउनका लागि कार्यक्रम अघि बढाईएको छ । प्रदेश सरकारले प्रदेश सभाको हरेक निर्वाचन क्षेत्रमा ५० लाखको बजेटमा स्मार्ट कृषि गाउँ बनाइएको छ । दाङमा ६ वटा स्मार्ट कृषि गाउँ रहेका छन ।

प्रतिक्रिया दिनुहोस

<