दार्मा गाउँपालिकामा १९२७ घरधुुरीले पाए सुुपथ मूूल्यको खाद्य राहत

२७ बैशाख, २०७७,

सल्यान ।

कोरोना माहामारीका कारण भएको लकडाउनले  पीडित निम्न आयश्रोत भएका र ज्याला मदजुुरीमा आश्रित परिवार अन्तर्गत ६ वटै वडाका १९२७ घरपरिवारलाई सुपथ मूल्यमा खाद्य वस्तु उपलब्ध गराएको दार्मा गाउँपालिकाले जनाएको छ । जस अनुसार ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था लि. दार्माले वडा नं ५ र ६ मा चामल ४४० क्विन्टल: प्रतिकिलो रू. ४५.६० को दरमा,  नुन ८ क्विन्टल: प्रतिकिलो रु.२० को दरमा र तेल ७५० लिटर प्रतिलिटर रू.१८५।­ को दरमा उपलब्ध गराएको र जसबाट ११९६ घरधुरी लाभान्वित भएका छन् ।

त्यस्तै जनाधार मातृभूमि महिला साना किसान कृषि सहकारी संस्था लि.दार्मा ले वडा नं १ र २ मा माथि उल्लेखित दरमा नै चामल १४० क्वीन्टल, नुन ६.५० क्विन्टल र तेल ६५० लिटर उपलब्ध गराएको र यसबाट जम्मा ३२० घरधुरी लाभान्वित भएका छन् । त्यसैगरी भल्चौर महिला साना किसान कृषि सहकारी सस्था लि. दार्माले वडा नं ३ र ४ मा चामल १५२ क्विन्टल, तेल ७५० लिटर र नुन ६ क्विन्टल उपलब्ध गराएको र यसबाट ४११ घरधुुरी लाभान्वित भएको गाउपालिकाले जनाएको छ । परिवार संख्याको आधारमा चामल प्रतिकिलो २५ देखि ५० किलो उपलब्ध गराइएको गाउपालिकाले जानकारी दिएको छ ।

कुुल वितरण भएको परिमाणमा चामल ७३२ क्विन्टल, नुन २०.५० क्विन्टल र तेल २०५० लिटर रहेको छ भने कुुल लाभान्वित घरधुरी १९२७ रहेका छन् । गाउँपालिका अध्यक्ष निम बहादुुर केसी (अरुण) ले जानकारी दिए अनुुसार समुदायस्तरबाट सहमति भई वडाबाट सिफारिस भएका ३७ घरधुरी अति बिपन्न परिवारलाई गाउँपालिकाबाट निशुल्क राहत प्रदान गरिएको र निवेदन दिएका ४८४ घर परिवारलाई समुदायको सर्वसम्मत सहमति र वडाको सिफारिस आए सँगै वितरण गर्ने व्यवस्था गरिएको छ । जसका लागि १६ टन चामल लगायतको खाद्य सामग्री मौज्दात रहेको बताइएको छ ।

 

दार्मा गाउँपालिकामा रहेका ६ वटै वडामा जम्मा ३६३९ घरधुरी र २०१६२ जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस

<