जेठ २ मा नीति तथा कार्यक्रम

राष्ट्रपति विद्या भण्डारीसँग प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेट गरी सङ्घीय संसद्को अधिवेशनको तयारीबारेमा जानकारी गराउनुभएको छ ।
राष्ट्रपतिलाई नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आउँदो जेठ २ गते सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुुत गर्ने कार्यक्रम रहेको अवगत सभामुखले गराउनुभएको छ । भेटवार्तापछि राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले सो जानकारी दिनुुभएको हो ।

नेपालको संविधान अनुसार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट संयुक्त सदनमा प्रस्तुुत गर्ने व्यवस्था छ । सभामुखले सङ्घीय संसद्को छैटौँ अधिवेशन, चालू वर्षे अधिवेशन सञ्चालनका विषय, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उहाँहरूबीच छलफल भएको जानकारी सभामुखको निजी सचिवालयले दिएको छ ।
सभामुखले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनले गरेको दिशानिर्देश अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी पनि राष्ट्रपतिसमक्ष गराउनुुभएको छ ।

प्रतिक्रिया दिनुहोस

<