कोरोना संक्रमितको उपचार गर्ने क्रममा इटलीमा एक सय चिकित्सकको मृत्यु, करिब १० प्रतिशत सङ्क्रमित

रोम, इटली,२७ चैत ।

इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ ।

इटलीमा कोभिड–१९ को सङ्क्रमण विरूद्द अग्रपङ्तीमा रहेर विरामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको मृत्यु भएको छ, संस्थाका प्रवक्ताले एएफपीलाई बताउनुभयो ।

मृतकमध्ये सेवा निवृत्त चिकित्सक चिकित्सक,जसलाई सरकारले सङ्क्रमणको महामारीमा सघाउन आह्वान गरेको थियो, सहित भर्खरै सेवा सुरू गरेको युवा चिकित्सकसमेत रहेका छन् । इटलीमा कोभिड–१९ को सङ्क्रमणबाट बिहीबार यो समाचार तयार पार्दासम्म१७ हजार ६६९ व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

इटलीका सञ्चारमाध्यमले सङ्क्रमणबाट ३० जना परिचारिका (नर्स) र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको अनुमान गरेका समाचारहरू बाहिरिएका छन् ।

“हामीले लामो समयसम्म हाम्रा चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना नै कोभिड–१९ को महामारी नियन्त्रणका लागि कार्यक्षेत्रमा पठाउन बाध्य भयौँ । त्यसैले हामीले कर्तब्य पालनाका शिलशिलामा धेरै सहकर्मीलाई गुमाउनु परेको हो ।” संस्थाका प्रमुख फिलिप्पो एनेलीले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो कोरोनाविरूद्धको सङ्घर्षमा हामी चुकेको क्षण हो ।”

रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरू कोरोना भाइरसबाट सङ्क्रमित रहेका अनुमान छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा शिल्ड योजनाको घोषणा

भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले “शिल्ड (एसएचआईइएलडी)” योजना लागु गर्ने घोषणा गर्नुभएको छ । राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोना भाईरस विरुद्धको लडाईका लागि मुख्यमन्त्री केजरीवालले बिहीबार यो योजनाको घोषणा गर्नुभएको हो ।

हामीले कोरोना भाइरसका सङ्क्रमित भेटिएका दिल्लीका २१ ठाउँलाई शिबिर जस्तै बनाउने छौँ, त्यसका लागि शिल्ड योजना लागु गर्नेछौँ, उहाँले भन्नुभयो । सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा उहाँले ‘शिल्ड’ एसको अर्थ सिलिङ अर्थात धुरी भित्रै बस्नु, अन्यत्र कतै नजानु भन्न खोजिएको जानकारी दिनुभयो ।

त्यसैगरी आइसोलेसनमा बस्नु पर्नेहरु एकान्तमा नै रहनुपर्ने र त्यसको पर्याप्त व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यक सेवा तथा कार्यहरुलाई निर्वाध रुपमा सञ्चालन हुन दिने र त्यो सेवा घरदैलोमै हुन्छ । ग्राहकले भिड गर्न पाईदैन भन्ने हो ।”

स्थानीयस्तरबाट सरसफाई र स्वास्थ्य सुरक्षाका उपाय अपनाउनु र ढोका भित्रै परीक्षणको व्यवस्था गरिने पनि उहाँले कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो । यी उपायहरु अपनाएमा मात्रै कोरोना भाइरस विरुद्धको लडाई जित्न सकिने मुख्यमन्त्री केजरीवालले स्पष्ट पार्नुभएको छ ।

भारतको दिल्ली प्रदेशमा बिहीबार बेलुकासम्म ६६९ जना कोरोनाबाट सङ्क्रमितहरु भेटिएका छन् । भारतमा देशभरी पाँच हजार ८६५ जना सङ्क्रमित भएको र १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

अहिलेसम्मका कुल सङ्क्रमितमध्ये पाँच हजार २१८ जना अहिले पनि विरामी अवस्थामै रहेका छन् भने अन्य ४७८ जना निको भएर घर फर्किएका छन् ।

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो, ६४ को मृत्यु

कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३३२ पुगेको हो ।

सङ्क्रमितमध्ये सबैभन्दा धेरै पन्जाव प्रान्तमा रहेका छन्, त्यहाँ दुई हजार १७१ जना सङ्क्रमित भएको तथ्याङ्क राष्ट्रिय नियन्त्रण केन्द्रको रहेको छ । दोस्रो धेरै सङ्क्रमित भएको सिन्ध प्रान्तमा बिहीबारसम्ममा एक हजार १२८ जना सङ्क्रमित भएका छन् भने तेस्रो धेरै सङ्क्रमित भएको खैबर पख्तुन्ख्वामा ५६० जना रहेका छन् ।

त्यसैगरी गिल्गित बाल्टिस्तानमा २१३ जना, बालुचिस्तानमा २१२ जना, इस्लामावादमा १०२ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा २८ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि गरिएको छ । योसहित कुल मृतकको सङ्ख्या ६४ पुगेको छ ।

सङ्क्रमित भएकामध्ये गम्भीर अवस्थामा रहेका ३१ जनाको उच्च सतर्कताका साथ उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार कुल सङ्क्रमितमध्ये ४२ प्रतिशत देशभित्रै एक अर्काबाट सङ्क्रमित भएका हुन भने अरु सङ्क्रमित विदेशबाट आएकाहरूबाट भएका हुन् ।

पाकिस्तानमा अहिलेसम्म ४४ हजार ८९६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७३७ जनाको परीक्षण गरिएको अधिकारीले बताएका छन् ।

 

यो पनि

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९० हजार नाघ्यो, संक्रमित साढे १५ लाख

(कुन देशमा कति)

काठमाडौँ, २७ चैत्र । कोरोना भाइरस कोभिड-१९ को संक्रमितको संख्या विश्वभर १५  लाख ४१ हजार ५ सय ३८  पुगेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर ज्यान गुमाउनेहरुको संख्या ९० हजार ८६ पुगेको छ । भने ३ लाख ४२ हजार २ सय ७२ निको भएका छन ।

सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिले सम्म ४ लाख ३६ हजार ९ सय ६९  जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि १४ हजार ९ सय ९ पुगेको छ । संक्रमणका कारण अमेरिकामा बुधबार एकै दिन १९ सय ४० जनाको ज्यान गएको  हो। गत मंगलबार पनि १९ सय ७१ जनाको ज्यान गएको थियो। इपिसेंटर मानिएको न्युयोर्कमा सबै भन्दा बढी ६ हजार २ सय ६८ जनाको ज्यान गैसकेको छ ।

सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ५२ हजार ४ सय ४६  र १ लाख ३९ हजार ४ सय २२ जनामा संक्रमण देखिएको छ ।

विश्वमा सबै भन्दा बढी ज्यान गुमाउने देश भने इटाली रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १७ हजार ६ सय ६९ ले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने दोश्रो देश स्पेन रहेको छ । जहाँ १५ हजार २ सय ३८ जनाको मृत्यु भएको छ ।

छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म १९९ जनाको ज्यान गइसकेको छ । भारतमा पछिल्लो पांच दिन मै मृतकको संख्या डबल भएको हो । संक्रमितको संख्या ६ हजार ५ सय ८८पुगेको छ । यो गत ५ दिनमा दुई गुणा बढी हो । भारतमा दिन दिनै संक्रमित र मृत्युदर बढेपछि भारत सरकारले लकडाउनलाई थप कडाई गरेको छ ।

नेपालमा पनि ९ जनालाई कोभिड-१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन । बाकी ८ जनाको उपचार भइरहेको छ ।

npnews

प्रतिक्रिया दिनुहोस

<