बनगाड कुपिण्डे १२ मा राहत संकलन गरिदैँ

दुर्गा बिसी,
सल्यान २७, चैत ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १२ मा विपद् ब्यबस्थापन कोष खडा गरिएको छ ।
जनप्रतिनिधिको अगुवाइमा वडामा विपद् जोखिम न्युनिकरणका लागि राहत रकम जम्मा हुने गरी कोष खडा गरिएको छ भने अहिले राहत संकलन गर्ने कार्य चलिरहेको छ ।

कोषबाट उठेको र संकलन भएको रकम छिट्टै गरिव तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिने वडा अध्यक्ष गोविन्द डाँगीले वताउनु भएको छ ।
यस वडामा कोरोना रोकथाम तथा महामारीसँग जुट्न वडा अध्यक्षको संयोजकत्वमा विपद ब्यबस्थापन समिति समेत गठन गरिएको छ ।

निगालचुलाका टोलटोलमा विपत ब्यबस्थापन समिती गठन गरिने पनि अध्यक्ष डाँगीले जानकारी दिएका छन । राहतको लागि विपन्न वर्गको छनौट गर्ने क्रम चलिरहेको छ । राहत कोषमा हाल सम्म ५७ हजार रुपैँया संकलन भएको छ । साथै वडामा कोरोना भाइरसको रोकथामको लागी आमवडावासीलाई सचेतिकरण गर्ने क्रम चलिरहेको छ । यस नगरका बिभिन्न वडाहरुमा पनि बिपद् ब्यबस्थापन समिती गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

<