राहत बितरण गर्न छत्रेश्वरिमा राजनैतिकदल र जनप्रतिनिधिको संम्यन्त्र निर्माण

२७ चैत्र सल्यान :

सल्यानको छत्रेश्वरि गाउँपालिकाले राहत बितरण जनप्रतिनिधि र राजनैतिक दलको समुक्त सम्यन्त्रको सिफारिसका आधारमा गर्ने निर्णय गरेको छ।वडाका जनप्रतिनिधि र तीन राजनैतिक दलहरुको संयुक्त सम्यन्त्र निर्माणगरि राहत बितरण गर्ने निर्णय गरेको हो।बिहिबार बसेको कोरोना विशेष बैठकमा बिश्वब्यापि महामारिको रुपमा फैलीएको कोरोना भाईरस कोभिड १९ को सययमा लागेको लकडाउनका का्रण  दैनिक गुजारा चलाउन कठिन परिवारको पहिचान  र आबस्यक तथ्यांक संकलन गरि न्युनतम राहत बितरण गर्ने कार्यमा जनप्रतिनिधि र राजनैतिकदलको सम्यन्त्र निर्माण गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताएको छन।

उक्त राहत बितरण, पहिचान तथा तथ्यांक संकलनको वडा स्तरिय सम्यन्त्रमा नेकपा,नेपाली कांग्रेस र राप्रपाका २ -२ जना प्रतिनिधि सहित वडाका पाँचैजना जनप्रतिनिधिहरु रहने गाउँपालिकाले जनाएको छ।राहत बितरण पारदर्शी र मापदण्डका आधारमा गर्नुपर्ने भएकाले सम्यन्त्र निर्माण गरिएको गाउँपालिकाले बताएको छ।

बिहिबारनै बसेको कोरोना विशेष बैठमामा राहत छनौटका मापदण्ड समेत बनाएको छ।मापदण्ड अनुसार दैनिक स्थानिय बजारमा मजदुरीगरि साझ बिहान छाक टार्ने गरेका श्रमिकहरु,दैनिक कृषि मजदुर एबं अन्य क्षेत्रमा मजदुरी गरि खाने असाहय एकल महिला,अपांग,असाहय ब्यक्तीहरु तथा गिट्टी कुट्ने,बालुवा चाल्ने,दैनिक निर्माणकार्यमा कामगरी खाने,घरमा अन्य काम गर्ने ब्यक्ती कोहि नभएका एबं हाल दैनिक छाक टार्न मुस्किल श्रमिकहरु र दैनिक ज्याला मजदुरी गरि गुजारा चलाईरहेका दलित,अल्पसंख्यक समुदायका ब्यक्तीहरुले मात्र राहत पाउनेछ्न।

सातै वडाका सम्यन्त्रले वडाका टोलटोलमा पुगेर गाउँपालिकाले बनाएको राहत मापदण्डको अधिनमा रहि राहत दिन योग्य ब्यक्तीको पहिचान र तथ्यांक संकलन गरि शनीबारसम्म गाउँपालिका कार्यालयमा विवरण पेश गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन।वडा अध्यक्षको अध्यक्षतामा हुने सातै वडाका सम्यन्त्रले मापदण्ड अनुसार पठाएका विवरणहरुको अध्ययन गरेर आईतवार देखि राहत बितरण सुरुगर्ने अध्यक्ष केसिले बताए ।बिपदको बेला वास्तविक पिडित बर्गलाई भोकै नराख्ने भन्दै उनले कोरोना भाईरस संक्रमण हुननदिन अझै सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन।

गाउँपालिका उपाध्यक्ष सीता केसि ,राजनैतिक दलका तर्फबाट नेकपा छत्रेश्वरिका अध्यक्ष ओजबहादुर बुढाथोकी,सचिब प्रेम खड्का,नेपाली कांग्रेस छत्रेश्वरिका सभापती टेकबहादुर बिष्ट,सचीव वसन्त रिजाल र राप्रपाका केन्द्रिय सदस्य अनुपम सिंह श्रेष्ठ ,ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक जगत नेपाली,वडा नम्बर ६ का अध्यक्ष चुडामणि दसौदि , स्वास्थ्य शाखा प्रमुख केशरी भट्टराई लगाएतको उपस्थिति रहेको थियो।

बैठकमा सामुहिक छलफल पछि नेकपाका ओजबहादुर बुढाथोकी,नेपाली कांग्रेसका टेकबहादुर बिष्ट र राप्रपाका अनुपम सिंह श्रेष्ठले पार्टीका तर्फबाट धारणा राखेका थिए।पार्टीको धारणा राख्दै उनिहरुले जनताका घरमा चुलो बल्नका निम्ति गाउँपालिकालाई सहयोग बताएका छन।गाउँपालिकाले कोरोना भाईरसका विषयमा अहिलेसम्म गरेका निर्णयहरु समय सान्दर्भिक रहेको भन्दै गाउँपालिकालाई धन्यवाद दिएका छन।उनिहरुले जनताका निम्ति गाउँपालिका सङ सहकार्य गरेक अहोरात्र खट्ने प्रतिबद्धता समेत ब्यक्त गरेकाछन। कोरोना भाईरसको महामारिबाट  बच्न र  उच्च सतर्कता अपनाउनको लागि नागरिकहरुलाई विभिन्न माध्यमद्वारा सन्देस प्रबाह गर्न र राहत बितरणमा सहयोग गर्न आफ्ना पार्टीका विभिन्न तह र तप्कालाई निर्देशन दिने बताएका छन।

बैठकमा कोरोना भाईरस कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म गरिएका कार्यहरुको समिक्षा गरिएको थियो।
बैठकमा लकडाउनको पुर्न पालना गर्ने र गराउने बिदेशबाट फर्केका ब्यक्तीहरुको निगरानी गरि क्वारेन्टाइनमा बसाल्ने,शंकास्पद बिरामिको उपचार गर्ने र आपतकालीन समस्याको समाधान गर्न सर्बपक्षिय सहकार्य र समन्वय गर्ने निर्णय गरिएको छ।बैठकले सबै नागरिक हरुमा दैनिक उपभोग्य सामाग्रीको आपूर्तिमा समेत समस्या उत्पन्न हुनसक्ने भन्दै वडा स्थरिय र गाउँपालिका स्थरिय आपूर्ति ब्यबस्थापन समितीले दैनिक उपभोग्य सामाग्रीको आपूर्तिमा सहजीकरण गर्ने निर्णय समेत गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

प्रतिक्रिया दिनुहोस

<