पाँचौदिनसम्म नयाँ कोरोना संक्रमित भेटिएनन् 

काठमाडौँ — विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा भने विगत ५ दिनदेखि नयाँ संक्रमण देखिएको छैन ।

बिहीबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा. विकास देवकोटाले नेपालमाकोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिएका हुन् ।

नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म २ हजार ३ सय ८२ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर ५ सय १३ नमुना परीक्षण गरिएको छ। साथै १ सय ९३ जनाको परीक्षण जारी छ। पछिल्लो ५ दिनमा नयाँ संक्रमित नदेखिएका हुन्।

चैत २२ गते ३ जना कोरोना संक्रमित फेला परेपछि संक्रमितको संख्या ९ पुगेको थियो। एक जना निको भएर घर फर्किसकेका छन्। बिहीबारको अपडेटमा आइसोलेसनमा देशभरी ११७ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार ९४० जना रहेका छन्।

प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेकाको परीक्षणका लागि ५ हजार प्रति प्रदेशको दरले आरडिटी उपलब्ध गराएको र प्राविधिकहरुलाई तालिम दिएको जानकारी दिए। कैलालीमा ६६ जनामा आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको बताए।

साथै मन्त्रालयले बिहीबारदेखि कोरोना भाइरसको नियमित अपडेट साङ्केतिक भाषामा समेत गराउन थालेको छ।

 

ekantipur.com

प्रतिक्रिया दिनुहोस

<