२३ जना उपसचिवको सरुवा, ७ प्रजिअ फेरिए सुची सहित

चैत २५ गते, २०७५
काठमाडौं । गृहमन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ । सोमबार दिउसो गृहले उपसचिवहरुको सरुवा गरेसँगै केहि जिल्लाका प्रजिअ पनि फेरिएका छन् ।

गृह मन्त्रालयले बाजुराको प्रमुख जिल्ला अधिकारीमा गंगा प्रसाद न्यौपानेलाई खटाएको छ भने भोजपुरको सीडीओमा नुरहरी खतिवडाको सरुवा गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय रसुवाको नयाँ सीडीओमा अर्जुन भण्डारी खटाइएका छन् भने रामेछापमा लिला कुमारी केसी ९पाण्डे०को सरुवा भएको छ ।

संखुवासभाको प्रमुख जिल्ला अधिकारीमा जीवन प्रसाद दुलाल खटाइँदा दोलखाको सीडीओमा खगेन्द्र प्रसाद रिजाललाई सरुवा गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका कामु प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीको गृह मन्त्रालयमा सरुवा हुँदा उनको ठाउँमा गृह मन्त्रालयबाट गोमादेवी चेम्जोङलाई खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस

<