गुुरु जजुुरमा योगाभ्यास शुुरु

 

तुुल्सीपुुर, २४ फाल्गुन ।

 

श्री गुुरु जजुुर उच्च माध्यामिक विद्यालय, तुुल्सीपुुर दाङमा नारी दिवस्कै दिनदेखि ६ दिने योगाभ्यास शुुरु गरिएको छ । फाल्गुुन २९ सम्म चल्ने उक्त योगाभ्यासमा ८ देखि २२ बर्ष उमेर समूूहका विद्यार्थीहरु सहभागी रहेको योग प्रशिक्षक गीता ओलीले जानकारी दिनुुभएको छ ।

 

मानशिक रुपमा विभिन्न तनाव भोगिरहेका र त्यसमा पनि शारीरिक रुपमा कमजोर (दृष्टिबिहीन) हरुलाई केही उत्प्रेरणा दिने, उर्जा दिने, स्वस्थ जीवन जिउन मदत गर्ने, सकारात्मक सोचको विकास गर्ने र आत्मबल बढाएर तनावमुुक्त बनाउन सक्ने सोचका साथ त्यहिकै शिक्षक विष्णुु न्यौपानेले गर्नुुभएको अनुुरोधमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज संस्थाद्वारा निःशुुल्क रुपमा योगाभ्यास गराउन थालेको प्रशिक्षक ओलीले बताउनुुभयो ।

विहान ५ः३० देखि ७ः बजेसम्म चल्ने योगाभ्यासमा विद्यार्थीहरु उत्साहजनक रुपमा सहभागी भएको बताईएको छ । योग प्रशिक्षक ओलीले केही वर्षदेखि सल्यानका विभिन्न क्षेत्रमा योगाभ्यास गराउदै आउनुुभएको छ ।

किन गर्ने योग, के छन् यसका फाइदा ?

पछिल्लो समय योगको महत्व बढ्दै गएको छ । योगले शरीर र मनलाई जोड्ने गर्दछ । कतिपय डिप्रेशनको शीकारमा पुगेकाहरु पनि नियमित योगमा लागेपछि स्वस्थ बन्ने गरेको पाईन्छ ।

योग गर्न थालेपछि घुँडा दुख्ने, खुुट्टा झमझमाउने जस्ता समस्याबाट पनि मुुक्त हुने गरेको खवर सुुन्न सकिन्छ । योगले शरीरमा सकारात्मक उर्जाको विकास गर्ने हुुँदा विभिन्न तनावबाट पनि मुुक्ति हुने र अन्य रोगले पनि सजिलै आक्रमण गर्न सक्दैन । यसर्थ योग, ध्यान, शारीरिक कसरत र खानपिनमा सन्तुलन गर्न सकियो भने रोगलाई जित्न सकिन्छ । साथै, तनावबाट मुक्ति र स्वस्थ जीवन जिउन सकिन्छ ।

के हो योगासन ?

कुनै एउटै पोजिसनमा लामो समयसम्म बस्न सक्नु योगासन हो । शरीर र मनलाई शान्त राखेर बस्न नसके योगासनबाट लाभ लिन सकिदैन । त्यसैले, हामी जुन आसनमा योग गरे पनि त्यसमा सासलाई गहिरो रूपले ध्यान दिनु आवश्यक छ । आसनअनुसार श्वास–प्रश्वासको तरिका बदल्नुपर्ने हुन सक्छ ।

योगका धेरै आसन हुन्छन् । आफूलाई के समस्या छ, सोही अनुसार योगासनको तरिका फरक फरक हुन्छ । आफूलाई योगाभ्यासको ज्ञान नभए गुरु थाप्नु जाति हुन्छ ।
यसले मानिसको आचरणमा सकारात्मक परिवर्तन ल्याउँछ । नियमित योगाभ्यासले खानपानमा सुधार आउँछ भने शारीरिक र मानसिक रुपमा स्वास्थ्य समेत भइन्छ ।

‘अन्य व्यायाममा शारीरिक स्र्फुततालाई मात्र बढी महत्व दिइन्छ भने योगमा श्वाससम्बन्धि अभ्यास गरिन्छ । श्वासको लयबद्धतालाई ध्यानमा राखेर अभ्यास गरिन्छ ।  योगमा गरिने आसनमा विपरित क्रिया हुन्छ । शरीरलाई जति अगाडि झुकाउने क्रिया हुन्छ, त्यति नै पछाडि झुकाउने अभ्यास पनि हुन्छ । जति शरीरलाई दायाँ लग्ने अभ्यास हुन्छ, त्यति नै बायाँ लग्ने अभ्यास पनि हुन्छ, यसले शरीर सन्तुलित गर्न मद्दत गर्छ ।

योग किन आवश्यक ?

सफल जीवन जिउन, शैक्षिक, व्यवसायिक तथा अन्य जुनसुकै कार्य क्षेत्रको सफलताको लागि पनि योग आवश्यक छ । योगले हाम्रो शरीरलाई स्वास्थ्य र स्फूर्त राख्न मद्दत गर्छ ।’ एकाग्रता र ध्यानको लागि पनि योग महत्वपूर्ण छ । जसरी मोबाइललाई दिनभरि एक्टिभ राख्न चार्ज गर्नुपर्ने हुन्छ, त्यस्तै शरीरलाई पनि दिनभरि एक्टिभ राख्न योग गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

<