बेइजिङ, २६ माघ ।
कोरोना भाइरसबाट शनिबार मात्रै चीनमा ८९ नयाँ संक्रमितको मृत्यु भएको चीन सरकारले बताएको छ । चीनमा शुक्रबार ८६ जनाको मृत्यु भएको थियो ।
शनिबारका मृतकहरुमध्ये प्राय हुवेई प्रान्तका मानिसहरु छन् । कोरोना प्रकोपबाट संसारभर ८१३ जनाको मृत्यु भइसकेको छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार यो सँगै कोरोनाबाट मृतकको संख्या सार्स संक्रमणबाट विश्वभर मर्नेहरुको संख्याको बराबरीमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस