दुर्गम वस्ती दुरुमखोलाबाट पशुचौपाया शिविर सुरु

सल्यान, २५ पुस ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले २५ हजार वढि भेडा बाख्रालाई पिपिआर खोप लगाउने कार्य शनिबारबाट सुरु गरेको छ । नगरका १२ वटै वडाका किसानले पालेका पशु चौपायालाई टोलमै पुगेर निशुल्क उपचार गर्न लागिएको पशु शाखा प्रमुख विरमान वुढाको भनाइ रहेको छ ।

पहिलो चरणमा वडा १२, ११, १०, ९ र ८ मा रहेको र त्यस पछि क्रमश अन्य वडाहरुमा यो कार्यक्रम सञ्चालन गरिने जनाएको छ । भेडा बाख्रामा लाग्ने महामारी पिपिआर रोग प्रतीरोधात्मक क्षेमता सम्बन्धी खोप सञ्चालन नगरले प्रती वर्ष गरिरहेको छ । शनिबार बनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ को माझखर्क, भदाले र दुरूमखोलाका ३ स्थानमा भ्यासन्टर परिचालन गरि वडा अध्यक्ष गोविन्द डाँगी बाट उद्घाटन गरिएको छ ।

सबै किसानलाई यो सुविधा लिन वडा अध्यक्ष डाँगीले आग्रह गर्नु भएको छ । साथै २६ गते वडा नं. १० को थापाचौर र माझकाडाँमा बिहान ७ वजे देखि खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

सधैं सुगमबाट सेवा दिने विधिको अन्त्य स्वरुप यसपटक भने विकट वस्ति दुरुमखोलाबाट भेडा बाख्राको लागि उपचार र खोप सञ्चालन गरिएको छ । यसपटक भने २५ हजार वढि भेडा बाख्रालाई निशुल्क उपचार गरिने भएको छ । भेडा बाख्रा लगाएत अन्य घरपालुवा पशुचौपायाहरुको समेत उपचार गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<