१८ वर्षीय किशोरी बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

 

ओखलढुङ्गा , २३ साउन  ।
मुख्य समाचार, प्रदेश, प्रदेश न। १

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।

सप्तरी घरभई हाल ओखलढुङ्गाको श्रीचौरमा कार्यरत प्रहरी जवान यादवमाथि १८ वर्षीय किशोरीलाई करणी गरेको आरोप छ ।

पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरी जवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको उनको भनाइ छ ।

मङ्गलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहेका बेला किशोरीका बुबाले देखेपछि घटना बाहिर आएको हो । प्रहरीले जङ्गलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए । चौकी तोडफोडको स्थिति आएपछि पीडित र आरोपित प्रहरीलाई जिल्ला झिकाइएको थियो ।

किशोरीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छिन् । महिला अधिकारकर्मीको सहयोगमा किशोरीले जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएको हो । यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि उक्त किशोरीलाई आश्वासन दिएर यौन सम्पर्क राखेको खुलेको छ ।

‘घटनाको प्रकृती हेर्दा सहमतीमा यौन सम्पर्क भएको र किशोरीका बुबाले देखेपछि आवाज उठाएको जस्तो देखिन्छ,’ जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्ले भने, ‘सहमतीमै भएपनि सुरक्षामा खटिएको प्रहरीले त्यसो गर्नुहुँदैन थियो । यदि कमजोरी गरेको प्रमाणित भए कडा कारबाही हुन्छ ।’

पटक–पटक दुवैजनाले फोन सम्पर्क गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले सहमतीमै यौन सम्पर्क भएको हुन सक्ने मल्लले बताए ।

डेढ महीना अघि प्रहरीचौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक ९असई० पर्शुराम विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो । घटनापछि अनुसन्धान गरी विश्वकर्मालाई विभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<