६ तोला सुनका गरगहनासहित ५ लाख नगद चोरी 

 

कैलाली, २३ साउन

धनगढीमा सुनका गरगहनासहित नगद चोरी भएको छ। धनगढी उपमहानगरपालिका ४ बोराडाँडीमा रहेको शारदा विस्टको घरबाट ढोकाको ताल्चा तोडेर करिब ६ तोला सुनसँगै झन्डै ५ लाख नगद चोरी भएको हो। प्रहरीले भने अझै जाहेरी नआएकाले के कति चोरी भयो भन्नेबारे भन्न नसकिने बताएको छ।

‘चोरी भएको खबर आएपछि प्रहरी घटना स्थलमा पुगेको हो’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले भने, ‘घटनाको मुचुल्का उठाएका छौँ तर, जाहेरी आएको छैन।’ साउन १९ गते घरमा ताल्चा लगाएर विष्ट आफन्तको घरमा गएको प्रहरीले जनाएको छ।

घरमा चोरी भएको खबर थाहा पाएपछि उनीहरू फर्किएका थिए। करिब ६ तोला सुनका गरगहनासँगै झन्डै ५ लाख नगद चोरी भएको बताइए पनि के–के चोरी भयो भन्नेबारे अझै विस्तृत विवरण नआइसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

<