सल्यान, २४ असार ।
सल्यानमा ढुंगाले लागेर एक बालकको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका १ भगवतीखोला बस्ने बर्ष ९ का दिनेश बुढाथोकी घटनास्थलमा नै ज्यान गएको हो ।
साथीहरूसंग स्थानीय जोगिनिपाखा जंगलमा बाख्रा चराउन गएकाबेला उनलाइ दिउसो साढे १ बजेतीर माथीको भिरबाट खसेको ढुंगाले लागेको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन । उनिहरू ३ जना संगै बाख्रा चराउन जंगलमा पुगेका थिए ।
माथीबाट खसेको ढुंगाले भित्रीभाग गिदी नै फुट्नेगरी टाउकोमा गम्भिर चोट लागेको र उनको घटनास्तलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रमुख खतिवडाले घटनास्थलमा प्रहरी पुगेको बर्षाको बेला बनको भिरमा रहेको ढुंगा जमिन कमजोर हुदा उप्किएको हुनसक्ने र घटना घटेको हुनसक्ने भन्दै सजग बन्न अनुरोध गरेका छन ।
प्रतिक्रिया दिनुहोस