खोलाले बगाउदाँ सल्यानमा एक बृद्धको मृत्यू

सल्यान, २४ असार ।
सल्यानमा एक बृद्धको शव भटिएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङ निवासी ७१ बर्षिय पूर्ण बहादुर महतराको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

असार २२ गते सोमवारका दिन सोही ठाँउ स्थित छोरीको घरमा गएको र २३ गते मंगलवार छोरीको घरबाट आफ्नो घर फर्किने क्रममा स्थानिय भुर खोलाले वगाएपछि उनको बुधबार आज बिहान शव भेटिएको हो ।

‘घरकोले छोरीको घरमा जानुभएको छ भन्ने, छोरीको घरकोले आफ्नो घरमा गैसक्नु भो भन्ने तर खोला तर्दा ती बृद्धलाई वगाएको रहिछ’ सल्यान प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले भन्नुभयो ‘स्थानियले शव देखेपछि प्रहरीलाई आज बिहान साँढे एघार बजेतीर खवर आएको थियो ।’ अहिले शवलाई पोष्टमार्टमको लागी सल्यान जिल्ला अस्पतालमा ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<