सरिता गिरीले सांसदको पद छाड्नुपर्छ : कमल थापा

 जेष्ठ २६, २०७७ सोमबार

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले पछिल्लो समय लगातार विवादित बयान दिँदै आएकी छिन्।

नेपालले नयाँ नक्सा जारी गर्नुअघि संसदमै भारत र चीनसँग नेपालले सोध्नुपर्ने भन्दै विवादित बयान दिँदै आएकी गिरी पछिल्लो समय लिम्पियाधुरा नेपालको भूभाग नभएको बताउँदै आएकी छिन्।

एक टेलिभिजन अन्र्तवार्तामा समेत गिरीले लिम्पियाधुरा नेपालको भूभाग रहेको आफूले नस्विकार्ने बताएकी छिन्।

गिरीको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

उक्त अभिव्यक्तिलाई लिएर राप्रपा अध्यक्ष कमल थापाले यस्तो व्यक्तिलाई संसदमा रहने नैतिक आधार नरहेको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै थापाले की गिरीले आफ्नो भनाई फिर्ता लिनुपर्ने वा सांसदको पद छाड्नु पर्ने बताएका छन्।

थापाले लेखेका छन्,’लिम्पियाधुरा नेपालको भूभाग होईन भन्ने/स्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन। निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ’।

dainikonline.com

प्रतिक्रिया दिनुहोस

<