संसदले काम गर्न नसक्नुमा प्रमुख दोषी सभामुख : लालबाबु पण्डित

काठमाडौं, २६ चैत ।

नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारको बचाउ गर्दै संसदले काम गर्न नसकेमा सरकारमाथि नभई सभामुखमाथि प्रश्न उठ्ने बताएका छन् ।

प्रतिनिधिसभाको यो विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नहुनुमा सरकार भन्दा सभामुख बढी दोषी भएको जिकिर गरे । ‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने, संसदको पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ’ उनले भने, ‘सरकारमाथि मात्र प्रश्न उठ्दैन ।’

संसदमा आएका विधेयक र सन्धि सम्झौताहरु अगाडि बढाउन कुन पार्टी र कुन मन्त्रीले रोकेको छ भन्दै सांसद पण्डितले कुनै बाधा अवरोध भए संसदलाई जानकारी गराउन आग्रह गरे । संसदको अगुवाइ कुशलतापूर्वक भएन भने प्रधानमन्त्री र मन्त्रीलाई दोष लगाएर उम्बिन नमिल्ने सांसद पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस