रोजगारीका लागि जिल्ला बाहिर रहेका ६ सय ८५ जना अलपत्र

इन्द्र बुढाथोकी

सल्यान, २६ चैत ः सल्यान , रोजगारीको शिलशिलामा नेपालका विभिन्न जिल्लामा रहेका ६ सय ५८ जना मजदुर अलपत्र परेका छन् । सल्यान सहित, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम जिल्लाबाट नेपालका अन्य जिल्लामा गएका मजदुरहरु अलपत्र परेका हुन् ।

सरकारले कोरोना भाईरस न्युनिकरण गर्न र उच्च सतर्कता अपनाउन लकडाउन गरेपछी उनिहरु मोरङको बेलबारी नगरपालिका र रगेनी नगरपालिकामा रहेका छन् । लक्ष्मी मार्ग, डागीहाट, बनौल, दवियाबिर्ता अमाही सडकमा सल्यान बनगाड कुपिण्डेका नगरपालिकाका ४० जना, सुर्खेत गुर्भाकोट नगरपालिकाका २१ जना रहेका छन् ।

यस्तै भेरीगंगा नगरपालिकाका १६ जना, जाजरकोट भेरी नगरपालिकाका २३ जना, रुकुम पश्चिम सानोभेरी गाउपालिकाका ९ र चौरजाहरी नगरपालिकाका २ जना लगायत अन्य जिल्लाका सहित १४४ जना श्रमिक मजदुरहरु आयोजना निर्माण स्थालमा रहेकोले उनिहरुले घर फर्किन चाहेको बताएका छन् ।

कोरोना भाईरसको संक्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर गरिएको लक डाउनको अवस्थामा निर्माण कार्यको लागि आवश्यक कच्चा पदार्थ तथा निर्माण सामाग्रीहरुको अभाव लगायतका कारणले आयोजनाको काम समेत बन्द भएको मजदुर मान बहादुर घर्तिले टेलिफोन मार्फत जानकारी दिनुभयो । “कच्चा पदार्थ अभावमा काम पनि रोकिएको छ खाद्यान्न पनि अभाव हुन थालेकोले हामीहरु घर फर्किन चहान्छौं,” घर्तिले भन्नुभयो ।

त्यस्तै लमजुङको दोर्जे खोलामा काम गर्ने ४१ जना, र भक्तपुर काठमाडौ सरस्वती इटा उद्योग, एनबि इटा उद्योग, सरस्वती माता इटा उद्योग लगाएता उद्योगमा काम गर्ने सल्यान सुर्खेत ५ सय मजदुर रहेको आइते पुनले जानकारी दिनुभएको छ । उहाँले आफुहरु घर आउन चाहेको जानकारी दिनुभयो । धेरैको संख्यामा काम सङ्गै गर्ने गरेको र कोरोना भाइरस आएमा अत्यन्तै जोखिम बढन सक्ने भन्दै उहाँले घर जान जाहेको बताउनुभएको छ ।
घरबाट फोन गरेर आउनु भनेर आतिरहेको समेत पोखर सिङ्ग घर्तीले बताउनुभयो आफू लगाएत अन्य ५ जनाले १ सय जनाको कमान गरेर इटा उद्योगमा काम गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।
सल्यानका प्रमुख जिल्ला अधिकारीलेसवारी पास अहिले कुनै जिल्ला दिन नमिल्ने र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुमार्फत सम्बन्धित गाउँ तथा नगरपालिकाले खाना बस्नको व्यवस्था गर्नु पर्ने परिपत्र गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

<