बनगाडमा मनाइयो १११ औं अन्तराष्ट्रिय महिला दिवस

सल्यान, २४ फागुन ।

सल्यान बनगाड कुपिण्डे नगरपालिकामा आज १११ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । नगरपालिकाको आयोजना र सुआहाराको सहकार्यमा यस वर्षको १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नारा रहेको छ ।

घरेलु हिंसा अन्त्य गरौं । महिला हिंसा अन्त्य गरौं कुरा हैन काम गरौं । निर्णायक तहमा महिलाको सहभागिता आजको विकासको अपरिहार्यता लगाएतका कार्ड सहित देवस्थल, गैरीबजार,माथिल्लो बजार, पेट्रोल पम्प सल्लीबजार बजारमा परिक्रमा गरेर महिला विकास शाखामा गएर कोणसभा गरिएको थियो ।

कोणसभा बोल्ने बक्ताहरुले महिलाहरूको हक अधिकार सविधानमा समेटिएको तर व्यबहारमा लागू नभएको र त्यसको लागि सबैले आआफ्नो ठाउमा लाग्नु पर्ने बताएका छन ।

अहिले पुरुष हिंसा हुनु भन्दा पनि महिलाहरुबाट नै हिंसा हुने गरेको समेत बताएका छन । महिलाहरूले पुरुषको बराबर काम गरे पनि पुरुषले महिलाको बराबर काम गर्न नसकेको समेत बताएका छन ।

महिलाहरू आफैले कुरा गर्ने काम गर्न नसकेको र आजको दिन ठुलो लडाइँ बाट मुक्ति पाएको दिन सफल पाएको दिन त्यही दिनलाई दिवसको दिनको रुपमा मानिएको समेत बताए महिला र पुरुषको लागि सम्मान कामको सम्मान ज्याला हुने पर्नेमा अझै विभेद कायम रहेको समेत सहभागीले बताएका छन ।

महिलाहरू जुनसुकै पदमा भए पनि महिलामा विभेद हुन नछाड्ने समेत र त्यसको लागि सबै आआफ्नो ठाउमा लाग्नु पर्ने समेत बताएको छ ।

कार्यक्रममा नगरपालिका उप मेयर मन्जु यरी, महिला शाखा प्रमुख निरु शाही,देवस्थल स्वास्थ्य चौकी इन्चार्ज भुमा बुढाथोकी, सुआहारा प्रतिनिधि सुकलाल परियार, रिणि सस्था बाँके प्रतिनिधि सृष्टि शाह, सामी परियोजना सुनिता पुन, विपना बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

<