सुन्तला कृषक चिन्तित, यस वर्ष आधा प्रतिशत उत्पादन घट्यो

                           सल्यानमा यस बर्ष सुन्तला उत्पादन आधा प्रतिशतले घटेको छ । उत्पादन घटेपछि सुन्तला खेतीलाई व्यावसायिक बनाएका किसान मर्कामा परेका छन । जिल्लामा सबैभन्दा बढी सुन्तला उत्पादन हुने बागचौर नगरपालिका अन्र्तगत कोटमौलाका विभिन्न गाउँमा उत्पादन ५० प्रतिशत घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

फाटफुट रुपमा दमाचौर, दहखोला, बडागाउँ, पुतलीबास, फालाबाङ लगाएतका ठाउँमा पनि सुन्तला पाउने गर्दछ । यी क्षेत्रमा पनि सो समस्या भएको छ । सुन्तलामा असिना र रोगकिराको प्रकोप बढेपछि यस वर्ष उत्पादन आधा घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कोटमौलाबाट किसानले वार्षिक पाँच करोड रुपैयाँको सुन्तला बिक्री गर्दै आइरहेका थिए । यस वर्ष उत्पादन घटेका कारण दुई करोड ५० लाखको माक्र सुन्तला बित्री भएको केन्द्रले जनाएको छ रु असिनाले फल झार्र्ने र रोग किराले फल नलाग्दै नष्ट नगर्ने गरेकाले समस्या भएको किसानको गुनासो छ । विभिन्न विषादी प्रयोग गर्दापनि रोग किरा नियन्त्रणमा नआएको कोटमौलाका किसान भरतनाथ योगीले बताए ।

धेरै विषादी प्रयोग गरे पनि रोग नियन्त्रणमा नआउँदा रुख नै काटेर फाल्नुपर्ने अवस्था आएको किसानको गुनासो छ । बोटमा दाना लाग्ने, पहेंलिँदै जाने र फल झर्ने गरेपछि सुन्तला जोगाउन गाह्रो भएको अर्का कृषक ओमकुमार गिरीले बताए । उनका अनुसार रोग पत्ता लगाउन नसक्दा थप क्षति व्यहोर्नुपरेको छ । राम्रा सुन्तला ६० रुपैयाँ प्रतिकिलो बिक्री भए पनि असिनाका कारण दाग लागेका सुन्तलाले भाउ नपाएको उनले गुनासो गरे । गोडमेलमै बर्र्सेनि एक डेढ लाख खर्च लाग्ने भएकाले पनि धेरै किसानलाई यस वर्ष घाटा लागेको उनी बताउँछन । समुद्री सतहदेखि एक हजार ६ सय मिटर उचाइसम्म सुन्तला खेती गर्दै आएकोमा तल्लो भेगमा रोग बढदै गएको र सुन्तलाका बोट सुक्दै गएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

<