भालुको आक्रमण बाट सल्यानमा एक महिला गम्भीर घाइते

सल्यान, २२ असार ।
भालुको आक्रमण बाट सल्यानमा एक महिला गम्भीर घाइते भएकी छन् ।जिल्लाको कालीमाटी गाउँपालिका –१ निवासी ५२ वर्षीया बुद्दि रावतलाइ सोमवार बिहान ८ बजे घर नजिकैको पाते टाकुरा जंगलमा आक्रमण गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।

जंगलमा घाँस काट्न गएको समयमा एक्कासी भालुले आक्रमण गरेपछि गालामा गहिरो चोट लागेको पीडित परिवारले जनाएको छ ।
घाइते महिलाको प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवाडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

<