सल्यानमा चालु आर्थिक वर्षमा १८ वटा बन्यजन्तुको उद्धार,१० को मृत्यु

सल्यान, २२ असार ।
सल्यानमा चालु आर्थिक बर्षको हाल सम्म १८ वटा बन्यजन्तुको उद्धार गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रहरुबाट तिबन्यजन्तु उद्धार गरिएको डिभजिन वन कार्यालय सल्यानले जनाएको छ । हालसम्म कार्यालयले हुंडार १वटा, घोरल ५ वटा,रतुवा १२ वटा रहेका छन् ।

उद्धार गरिएका उनीहरुलाई अनुकुल हुने प्राकृतिक बासस्थानमा छोडिएको डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले जानकारी दिनु भयो । कभरखबर संग कुरा गर्दै उहाँले कतिपय वन्यजन्तु घाइते भएको अवस्थामा भेटिएकाले उपचार गरेर बासस्थानमा छोडिएको र केहीको मृत्यु भएको जानकारी दिनुभयो ।

उद्धार गरिएका मध्ये १० बन्यजन्तुको उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
जंगलमा बासस्थानको अभाव, खडेरी, पानीको अभाव भएको समयमा वन्यजन्तु गाँउबस्तीमा देखिएको र सो सुचना पाएको आधारमा

कार्यालयका कर्मचारी घटनास्थल पुगेर वन्यजन्तुको उद्दार गरिएको उहाँले बताउनुभयो । जंगलमा पानीका मुहान सुक्नु, बन्यजन्तुको वातावरण अनुसारको व्यवस्थापन नहुनु, चोरी सिकारी हुनु जस्ता कारणले पनि वन्यजन्तु बस्तीतिर देखिने गर्छन् । चोरी शिकारी, कुकुरले लखेट्ने तथा जलवायु परिवर्तनका कारण वन्यजन्तु बस्तीतिर झर्ने गरेका हुन् ।

बस्तीमा झर्ने गरेका बन्यजन्तुहरुको स्थानिय, वन उपभोक्ता समितीका पदाधिकारी, प्रहरी र वन कार्यालयको समन्वयमा उद्धार गरि उनीहरुलाई अनुकुल हुने वनजंगलमा छोड्ने गरिएको छ । यस्तै यस आर्थिक वर्षमा वन्यजन्तु मारेर खाएको अभियोगमा १ वटा मुद्दा दर्ता भएको सुचना अधिकारी मनोज शर्माले जानकारी दिनुभयो ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा रतुवा मारेर खान लागेको अवस्थामा १० जनालाइ पक्राउ गरि मुद्दा अगाडी बढाएको उहाँले बताउनुभयो । पक्राउ परेका हरु धरौटीमा रिहा भएपनि हाल मुद्दाको फैशला नभएको उहाँले जानकारी दिनु भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९mमा दण्ड सजाय

गैरकानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वा“से चितुवा, हिउ“ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको वीना, हिउ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्रि गर्ने वा ओसारपसार गर्र्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्मजरिबाना वा पा“च वर्ष देखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा संरक्षण क्षेत्रलाई कुनै किसिमले अतिक्रमण वा कब्जा गर्ने वा बिक्री गर्ने वा सोको प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमले हानि, नोक्सानी वा क्षति पु¥याउने व्यक्तिलाई दश वर्षसम्म कैद वा दशलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

राष्ट्रिय निकुञ्ज, संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिई पंक्षी र माछा बाहेक अन्य वन्यजन्तु शिकार गरी मारेमा वा घाइते बनाएमा बीस हजार रुपैँयादेखि पचास हजार रुपैँयासम्म जरिवाना वा छ महिना देखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

संरक्षित पंक्षी शिकार गरी मारेमा वा घाइते बनाएमा पन्ध्र हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना वा तीन महिना देखि नौ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

राष्ट्रिय निकुञ्ज, संनियमित प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिई संरक्षित पंक्षी बाहेक अन्य पंक्षी शिकार गरी मारेमा वा घाइते बनाएमा बीस हजार रुपैयाँ देखि पचास हजार रुपैयाँसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस

<