बनगाडमा ८ हजार ५ सय बिरुवा वृक्षारोपण गरिदै

सल्यान, २२ असार ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका, १ सल्लीबजारमा ८ हजार ५ सय बिरुवा बृक्षारोपण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच नगर उप–प्रमुख मन्जु यरिले वृक्षारोपण गरेर सुरु गरेकी छन् ।

वृक्षारोपण कार्यक्रममा बोल्दै नगर उप–प्रमुख यरिले नगरपालिकाको खाली जङ्गलहरुमा वृक्षारोपण गरिने बताइन । विभिन्न संघ संस्थाको सहयोग र नगरपालिकाले समन्वय गरेर वृक्षारोपण गरिएको उनको भनाई छ ।

वृक्षारोपण गर्दा वातावरण राम्रो जताततै हरियाली हुने बस्तीहरु सुन्दर हुने र बाढिपहिरो, भूक्षय हुन बाट समेत बच्ने उनको भनाइ रहेको छ । वृक्षारोपणमा सवुज गण सल्लीबजारका सेनानी बिक्रम राई, १ नं. वडा अध्यक्ष शान्त कुमार यरि लगाएत नेपाली सेना स्थानीयको उपस्थिति रहेको थियो ।

सबुज गण सल्लीबजार बसेको डाँडामा ७ हेक्टर जमिनमा पुरै वृक्षारोपण गरिने भएको छ । वृक्षारोपणमा प्रस्थिती प्रणालिमा आधारित अनुकूलन आयोजना इबिए २ ले को आर्थिक सहयोगमा १३ लाख ४४ हजारका ८ हजार ५ सय बिरुवा र भिरालो ठाउमा ४९ थान जाली लगाइने इन्जिनियर महेश देवकोटाले जानकारी दिए ।

सिसौ, खैर, इपिलिपी, आँप,धुपी सल्ला, साल, लगाएत २० २५ जातको बिरुवा लगाइने उपभोक्ता समिति सचीव दिपक सुनारले बताए । नेपाली सेना र स्थानीयले उक्त विरुवाहरु रोप्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

<