दलित जनप्रतिनिधिहरुको लागि एक दिने अभिमूखिकरण तालिम सम्पन्न

सल्यान, २२ असार ।
दलित सेवा संघ सल्यानको आयोजना र जिल्ला समन्वय समिति सल्यानको आर्थिक सहयोगमा आईतवार शारदा नगरपालिका १ श्रीनगरमा दलित जनप्रतिनिधिहरुको लागि एक दिने अभिमूखिकरण तालिम सम्पन्न भएको छ ।

दलित सेवा संघ, सल्यानका अध्यक्ष यज्ञ बहादुर विकको अध्यतामा सञ्चालन भएको उक्त अभिमूखिकरणको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख केस बहादुर विष्टले अधिकारका लागि सवै जनप्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रबाट आवश्यक भूमिका खेल्नुपर्ने बताए ।

दिल बहादुर परियारको स्वागत मन्तव्यसंगै भएको अभिमूखिकरण तथा छलफल कार्यक्रममा विभिन्न सहजकर्ताहरुले विभिन्न विषयहरुमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा छलफलको क्रममा सहभागीहरुले दलित महिला प्रतिनिधिको आवाज नसुनिने र निर्णायक भूमिकामा रहन नपाउने जस्ता समस्याहरु रहेको बताउदै समाज रुपान्तरणमा यस प्रकारका तालिमले मदत पुर्याउने बताए ।

कार्यक्रमका सहभागीहरुले लक्षित वर्गको बजेट विनियोजन गरेता पनि सहि कार्यान्वयन नभैरहेको जानकारी दिएका थिए । केवल कोरम पुर्याउन बैठक राखिने तर निर्णायक भूमिकामा रहन नदिने परिपाटी कायमै रहेको गुनासो गरेका थिए ।

कार्यक्रममा सहजीकण गर्दै अधिवक्ता चन्द्र प्रकाश (सि.पी.) वली र हिमानसिंह बि.कले स्थानीय तहमा लक्षित वर्गको हितका लागि भएका कानूनी प्रावधानबारे बताए ।

त्यसैगरी त्यस्तै महिला रक्षक सञ्जालकी सोविता वस्नेतले लैंगीक समानता तथा समावेशीता सम्बन्धी, मिना बुढाथोकीले नेतृत्व विकास, अधिकार तथा सञ्चार प्रावधान सम्बन्धी, कार्यक्रमका सञ्चालक एबं सहजकर्ता भिम परियारले स्थानीय तहको बजेट तर्जुमा, कार्यान्वयन र बजेट दावि गर्ने प्रक्रिया सम्बन्धी स्पष्ट पारेका थिए भने संस्थाका अध्यक्ष यज्ञ बहादुर वि.क.ले लक्षित वर्गको लागि नीति तथा प्रावधानबारे स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस

<