सल्यानमा ११९ संक्रमित, बन्गाडको क्वारेन्टाइनमा १५४२ जना, टेष्ट ३९७ को मात्रै

जेठ २५, सल्यान

सल्यानमा आइतबार थप २८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बनगाड कुपिण्डे नगरपालिकाका क्वारेनटाइनमा बसी रहेका २८ जना संक्रमित थपिएको प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले पुष्टि गरेको हो ।

योसँगै बनगाड कुपिण्डे नगरपालिकामा मात्रै १०७ जना कोरोना संक्रमित भेटिएका छन । उनिहरू मध्ये १२ जना सल्यान अस्पतालमा, १३ जना प्रदेश अस्पताल सुर्खेत र ८२ जना लुहापिङको अइसोलेसनमा रहेका छन । नगरपालिकामा १७ गते २५ जना, १९ गते १७, २४ गते ३७ र आज आइतबार २८ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

नगरका २९ स्थानमा भएका क्वारेन्टाइनमा १ हजार ५ सय ४२ जना रहेको नगरले जनाएको हो । सल्यानमा भने संक्रमितको संख्या  १ सय १९ पुगेको छ ।
आइतबार संक्रमित हुनेहरुमा  बनगाड कुपिण्डे नगरपालिका १ का १८, १९, २०, २०, ३८, ६०, २२, २४ र २५ वर्षका पुरुष तथा १६ वर्षिया एक महिला रहेका छन् । वडा न ३ का २२, २९, २० र २४ वर्षका पुरुष, वडा न ४ का २८, ४९ र ५६ वर्षका पुरुष रहेका छन् ।

यस्तै वडा न ५ का १७ र २०, वडा न ६ का ३५र ३६, वडा न ७ का २१, २२, २३, २५, ३३ , २३ रहेका छन् ।
संक्रमित सबैलाई सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । बनगाड कुपिण्डे नगरपालिकामा १ सय ७, दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा २ र कपुरकोट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको दर जति मात्रामा बढेपनि परिक्षणको दरभने बढ्न सकेको छैन । २ हप्ता अघिसम्मको रिपोर्ट अझै प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस

<