कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या ६४१ पुग्यो

काठमाडौं 25 । बितेको २४ घण्टामा कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा २८, सुर्खेतमा २०, दैलेखमा ३ र कालीकोटमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

<