गजल

लोकेश जलन गलज क्षेत्रमा पुुरानै र प्रसिद्ध नाम हो । उहाँले गजलमार्फत समसामयीक सन्दर्भ र समयलाई चिरफार गर्दै आउनुुभएको छ ।

यस्तो छ उहाँको पछिल्लो गजल ।

          लोकेश जलन

 

 

            गजल

 

सोध्यौ घरमा को – को हुनुहुन्छ ? खिन्न मन भयो !
रोगले बाको शोकले आमाको पोहोरै निधन भयो !

 

छम्किने भए यो शरीरमा छम्किनोस् बरु मट्टीतेल ।
पानी नछम्किनोस् आगोको अधिकार हनन भयो !

 

दिल धरौटी राखेर प्यारको कारखाना खोलेको हुँ ।
कस्तो नक्कली मेसिन परेछ धोका उत्पादन भयो !

 

घाँटीको डोरी छिन्निए पनि तिम्रो जुक्ति खेर गएन।
मेरोलागि काटेको रूख तिम्रो गोठको चिरन भयो !

 

मेरै हुन् सुराकी यो बाटोको नाङ्गो पैतालाको डोब ।
सुइँको दिनु बाँच्ने चाह शून्य मर्ने चाह दर्जन भयो !

प्रतिक्रिया दिनुहोस