नेपालमा धार्मिक र जातीय राजनीति बढ्दै


पछिल्लो समय नेपालमा धार्मीक र जातीय राजनीति तिब्ररुपमा बढेको छ । जुुनसुुकै सामाजिक घटनालाई पनि हिन्दुु धर्म र ब्राह्मणक्षेत्रीहरुसंग जोड्नेहरु बढेका छन् । चाहे गुुल्मीको घटना होस्, चाहे कास्कीको घटना होस्, चाहे रुकुुमकै घटना किन नहोस् । एकथरी मानिसहरु बाहुुनहरुलाई नै गाली गरिरहेका छन् । तर बुुझ्नुुपर्ने कुुरा के हो भने पण्डित, पुुरोहित र मन्दिरका पुुजारीहरुको बाहुुल्यता बाहुुनहरुको भएता पनि सवैतिर बाहुनहरु मात्रै पनि छैनन् । कतिपय मन्दिरमा वा स्थानमा अन्य जातिका मानिसहरु पनि पुुजारी छन् वा अग्रभागमा छन् ।

 

हिन्दुु संस्कृति भित्रै पनि बाहुुनबाहेक अन्य व्यक्तिहरु पनि पण्डित छन् । तर पनि बाहुुनहरुलाई नै गाली गरेर आफूूलाई अब्वल दर्जामा राख्न खोज्नेहरुबीच अहिले प्रतिश्पर्धा नै चलेको छ । एकथरी मानिसहरु आफ्नो धर्म त्यागेर आयातित धर्मामा लाग्न अवरोध गरेको भनेर हिन्दुु धर्मा र हिन्दुु धर्मावलम्बीहरुलाई गालि गर्छन् । एकथरी मानिसहरु पण्डित पुुरोहितको कर्म गर्ने र पुुज्यस्थानमा बाहुुनहरुले कब्जा गरेको भनेर डाह गरिरहेका छन् । त्यस्तै अर्को एकथरी मानिसहरु साँच्चिकै जातीय उत्पीडनमा परेर पनि बाहुुन र हिन्दुु संस्कृतिप्रति वितृष्ण बढाएकाहरु पनि छन् ।

कतिपय स्थानमा बाहुुनहरुले केही अर्घेल्याई गरेका पनि छन् । तर कुुनै एक ठाउँको घटना देखाएर देशैभरका बाहुुनहरुप्रति र समग्र हिन्दुु धर्मप्रति प्रहार गर्नुु भनेको समाजलाई विखण्डनको बाटोमा धकेल्नुुु हो । हिन्दुु धर्मभित्र हजारौं राम्रा कुुराहरु छन् र केही थोरै मात्र विकृति छन् । केही भेदभाव र विकृतिविसंगतिका खराब कुुराहरु सुुधार गर्नुुपर्छ, तर धर्म नै त्याग गर्ने कुुरा उचित हुुदैन । आफ्ना आमा बुवा कुुरुप भए भन्दैमा आमा बुुवा त्याग्छुु भने जस्तै हो धर्म पनि । धर्म सजिलै त्याग्ने र त्याग्न सकिने कुुरा होइन ।

 

कतिपयले एकपटक त्याग्यौं भनेर त्यागेको समेत देखाए, तर फेरी आफ्नै धर्ममा फर्किएका छन् । कतिपयले त्यागेको घोषणा गरेका छन्, तर व्यबहारमा त्याग्न सकेका छैनन् । हाम्रा तिनै पर्वहरु जस्तो कि तीज, जन्माष्टमी, दशै, तिहार, माघि, लगायतका पर्वहरुमा खुवै रमाएको पाउन सकिन्छ । अनि कुुनै न कुुनै प्रकारले हाम्रै संस्कृतिमा गाँसिनुुपर्ने अवस्था छ । अतः धर्म त्याग गर्ने कुुरा सजिलो छैन । अर्को कुुरा जातिय विभेद पनि क्रमशः घट्दै गएको छ । छुवाछुत करीब करीब अन्त्य भएको छ ।

 

बैबाहिक सम्बन्ध जोड्ने कुुरामा भने अँझ केही वर्ष लाग्ने छ । कानूूनले बराबरी गरेकै छ, केटाकेटीको मनचित्त मिल्यो भने भागेर पनि विवाह गर्दछन् । तर पारिवारीक स्वीकृति पाउने कुुरामा भने अँझै पनि सहज अवस्था देखिदैन । किनकी अहिलेको अवस्थाले पनि खानपान, रहनसहन, बोलिचाली र भेषभुुषा जस्ता विभिन्न कारणले अन्तरजातीय भन्दा स्वजातीय वर्गमा नै दाम्पत्य जीवन सहज भएका उदाहरण छन् ।

 

शिक्षा, धनसम्पत्ति, जागिर लगायतका कुुराहरु मिलेमा अन्तरजातिय विवाह पनि टिकेकै अवस्था छ । तर समग्रमा भन्नुुपर्दा जति पनि अन्तरजातीय विवाहहरु भएका छन्, केही अपवाद्बाहेक अन्यमा खटनपटन भईरहेको देखिन्छ । त्यसैले त जति पनि नेताहरु छन्, जति प्रशासकहरु छन्, जति पनि उच्च पदस्थ व्यक्तिहरु छन् उनीहरुले पनि अपवादलाई छोडेर आफ्नै जातिमा वैवाहिक सम्बन्ध गाँसेका छन् ।

 

अन्तरजातिय विवाहलाई हेर्ने हो भने अहिले पनि निकै कम मात्र भएको अवस्था छ । देश हाँक्ने नेताहरु र देशका सवैभन्दा उच्च पदस्थ कर्मचारीहरुमा पनि केहि अपवाद्लाई छोडेर हेर्दा आफ्नै जातिमा नै विवाह गरेको देख्न सकिन्छ । कानूूनमा बराबरी भनेपनि व्यबहारमा राष्टपति र प्रधानमन्त्रीदेखि वडा सदस्य सम्मै भनौं या मूूख्य सचिव र प्रधान न्यायाधिसदेखि खरिदार र मुखियासम्मैको आँकडा निकालेर हेरौं, अन्तरजातिय विवाह गर्नेहरु निकै कम छन् । भोट पाउन र लोकप्रिय बन्नका लागि सवै कुुरामा सवै समान छौं भन्न कसैलाई पनि गाह्रो छैन, तर व्यबहारमा कार्यान्वयन गर्न सवैलाई गाह्रो परेको अवस्था सवैलाई थाहा छ । अतः बैवाहिक मामिलामा अहिल्यै समानता खोज्नुु भनेको समयभन्दा अगाडि जानुुुजस्तै हो । यसमा अहिल्यै समानता हुुने अवस्था देखिदैन । बैवाहिक सम्बन्धलाई केलाउदा कथित दलित भित्रै पनि जातीय भेदभाव हटेको छैन । उच नीचका कुुराहरु त्यहाँ पनि जिवितै छन् ।

त्यस्तै संसारका अति विकसित देशहरुमा पनि कुुनै न कुुनै विभेदका घटनाहरु घटेकै छन् । अमेरिकामा काला र गोरा जातिविच विभेद छ । अरबीएन वा खाडि मुुलुकहरुमा पनि एक जाति र अर्को जाति वा धर्म र सम्प्रदायवीच मतभेद छ । पूूर्णरुपमा विभेदमुुक्त समाज हुुनै सक्दैन । जातीय भेदभाव नभएको ठाउँमा वर्गीय विभेद छ । धनीले गरिबहरुलाई अपहेलना गरिरहेकै छन् । त्यसकारण कुुनै पनि प्रकारको विभेद नहुुने राज्य र व्यवस्थाको परिकल्पना गर्नुु केवल परिकल्पना मात्रै हो । सवै मानिसहरु शत्ता र शक्तिमा पुुग्न सक्दैनन् । सवै मानिसहरु सम्पन्न पनि हुुन सक्दैनन् । सवै मानिसहरुको शारीरिक र बौद्धिक क्षमता उस्तै र बराबरी हुुुदैन । जो सक्षम छ, जो सत्तामा छ, जो शक्तिमा छ, जो सम्पन्नशाली छ, उसले अरुको भन्दा उच्च जीवनशैली अपनाउछ । यो स्वभाविक प्रक्रिया नै हो । अतः पूूर्ण रुपमा समानता वा साम्यवादी व्यवस्था संसारमा कहिल्यै पनि भएन र अब पनि हुुन सक्दैन । बरु हाम्रो जस्तो गरिब र पिछडिएको देशमा कसरी हुुन्छ, सवैले सवैको सम्मान गरौं, सवै मिलेर बसौं, यसैमा सवैको कल्याण छ ।

 

अतः सारमा भन्नुुपर्दा आफ्नै संस्कृति, संस्कार र धर्मभित्र रमाउन सक्नुु नै सवैभन्दा उत्तम कुुरा हो । सुुधार गर्न सक्ने कुुराहरु सुधार गर्दै जानुुुपर्छ । यसमा सवै जुुटौं । अँझ साँच्चै भन्ने हो भने संसारमा सवैभन्दा बैज्ञानिक संस्कार नै हिन्दुुभित्र छन् । हिन्दु धर्म र नेपाली संस्कृतिका आचरण, विधि व्यबहार, मूूल्य मान्यताहरु आज संसारका धेरै देशहरुको लागि अनुुकरणीय छन् । तर धर्म परिवर्तन गरेर डलर कमाउने दाउ हेरेर बसेकाहरुले हिन्दुु धर्मलाई देखि खाना सक्दैनन् । आज नमस्कार गर्ने, आफूूभन्दा ठूूलाहरुको आदर सत्कार गर्ने, सानालाई माया गर्ने, जन्मोत्सव, नामाकरण, विवाह र मृत्युु संस्कार विधिपूर्वक गर्ने, मरेकाहरुलाई वर्षमा एकपटक भएपनि स्मरण गर्ने र आफ्ना सन्तानहरु जम्मा भएर पितृको योगदानलाई स्मरण गर्ने कुुराहरु अत्यन्तै महत्वपूूर्ण छन् ।

 

गरिबीका कारण कतिपय मानिसहरु संस्कार मनाउन पनि कठिनाईको अवस्थामा छन् ता पनि नेपालीहरु जति सक्षम, सम्पन्न र आत्मनिर्भर बन्दै जानेछन्, त्यति नै आफ्नो संस्कार र आफ्नो धर्मप्रति आश्थाभाव बढ्नेछ । अतः जातिय र धार्मिक राजनीति नेपालमा आवश्यक छैन । जसले यसलाई बल्झाउन खोज्छन्, ती राष्ट्रघाति र देशद्रोही हुुन् । त्यस प्रकारका क्रियाकलापहरु गर्नेलाई देशभक्त नागरिकहरुले निश्तेज गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस