भोट कसलाई हाल्ने ?

निर्वाचनको समय नजिकै आईसक्यो । यहि बैशाख ३० मा स्थानीय तहको निर्वाचन छ । अब मत कसलाई दिने भन्ने कुरा सवैले सोच्नुुपर्ने भएको छ । कहिलेकाँही एक मत भए पनि महत्वपूूर्ण हुुन्छ । त्यसैले मत खेर नजाने गरी वा वदर पनि नहुुने गरी हाल्नुुपर्छ । समाजका लागि काम गर्न नसक्ने वा नजान्ने व्यक्तिहरुलाई जिताउनुु भनेको हाम्रै समय ववार्द पार्नुु हो र मत खेर फाल्नुु नै हो वा बदर भएजस्तै पनि हो ।
सहि मान्छे छनौट नभएमा फेरी अर्को ५ वर्ष कुुर्नुुपर्छ । समय गतिशिल छ, त्यति बेलासम्म अहिलेका केही भोटरहरुका अनुुहार पनि हराईसक्ने छन् । हामीले पाउने विकास, समृद्धि, सुुख शान्तिको कुुरा केवल कल्पना मात्र हुुनेछ । त्यसैले सकेसम्म मत बदर नहुने गरी र तुलनात्मक रुपमा सज्जन, इमान्दार, सहयोगी, विकासप्रतिको चासो चिन्तन गर्ने नेताहरु छान्नुुपर्ने हुुन्छ । नेता छान्ने थप आधार यी हुन् ।
१.स्थानीय जनप्रतिनिधि भनेका नागरिकसंगै रहेर काम गर्ने सरकारकै अंग हुन् र हाम्रा खास् नेता तिनै हुुन् । हामी अघिकांश नागरिकहरुको सम्बन्ध तिनीहरुसित नै हुुन्छ । त्यसैले तिनीहरु स्वभावैले पनि सहयोगी र व्यबहारिक हुुुनुुपर्छ । हामीले कुुरा राख्न सक्ने, हाम्रा कुुरा उसले सुुन्ने र सकेको काम गर्न सक्ने वा सहयोग गर्ने खालको मान्छे हुुनुुपर्छ । इन्छाशक्ति भयो भने धेरै काम गर्न सकिन्छ । त्यसैले अरुको समस्या समाधानमा कत्तिको प्रयत्न गर्ने खालको नेता छ भन्ने ध्यान दिनुुपर्छ ।
२. कतिपय कुराहरु घडि हेरेर वा अफिस् टाईममा मात्रै गरिदैन । आकस्मीक दुुर्घटना, आकस्मीक विरामी, आगलागि, बाढी पहिरो जस्ता आपद्विपद्मा सुुतेर बस्ने या जुुवातास् र रक्सी भट्टीमा समय विताउने स्वभाव भएका नेता छान्दै नछानौं । बरु पहुुँच नभएता पनि आपद्विपद्मा सकेसम्मको प्रयत्न गर्ने स्वभाव भएका नेता छानौं ।
३.धर्म निरपेक्षको सिद्धान्त बोकेकाहरु आफुु सत्तामा पुुग्न पैंसामा विकेका वा हाम्रो मौलिक संस्कृति मासेर पराई संस्कृति भित्र्याउने भित्री चाहाना बोकेका राष्टघातीहरु हुुन् । त्यसकारण तिनीहरुसित स्पष्ट कुरा गर्नुुहोस् । धर्मसंस्कृतिको विषयमा उनीहरुको खास धारण के हो ।
बहुुसंख्यक नागरिकहरुको चाहानालाई नै प्राथमिकता दिनेछौं भन्ने बाचा गर्छन् भने ति सुधारिने क्रममा छन्, तिनिहरुलाई नेपाली संस्कृतिमा हस्तछेप गर्नेछैनौं भन्ने प्रतिवद्धता गराउनुुहोस् र प्रतिवद्धता गरेपछि मत दिनुुहोस् । अब समय थोरै छ, तिनीहरुलाई कतिवेला प्रतिवद्धता गराउने भन्ने लाग्छ भने यसअघिका उनीहरुका बोली र व्यबहारलाई ध्यान दिनुुहोस् ।
४.कतिपय कुुराहरु पार्टी हेरेर मात्रै पनि गरिदैन । आज भोटका लागि प्रत्येक घरमा पुुगेका नेताहरु निर्वाचन जितेपश्चात सवैका साझा हुुन्छन् । त्यसैले निर्वाचन हुने नेताले गर्न सक्ने सहयोग जुुनसुकै पार्टीप्रति आश्था राख्नेहरुलाई पनि गर्नुुपर्छ, तर हामीले ५ वर्षे कार्यकालमा कतिपय कस्ता नेताहरु पनि फेला पार्यौं भने आफ्नो कार्यकर्ता होइन भने कुुनै पनि प्रकारको सहयोग नगर्ने गरेको देखियो । तर फेरी शुुभ खवर के छ भने ति नेताहरु कतिपय पहिले नै किनारा लागेका छन् भने कतिपयलाई अब निर्वाचनबाट किनारा लगाउनसकिने बलियो सम्भावना छ ।
५.निर्वाचनको समयमा नाता लगाउदै हात पाउमै परेर ढोग दिने कतिपय मान्छेहरु निर्वाचित भैसकेपछि परेको वखत कुुनै पनि सहयोग नगर्ने वा चासो चिन्तन नगर्ने खालका भेटिएका छन्, तिनीहरुलाई निर्वाचनबाट किनारा लगाउनुुपर्छ । किनकी तिनीहरु केवल आफ्नो स्वार्थका लागि नजिकिएका हुन् । समाज र देशका लागि केहि गर्नुपर्छ भन्ने सोच उनिहरुमा हुँदै हुदैन ।
६. यो सानो र सुुन्दर देशमा राम्रो सोच, चिन्तन र कार्यशैली भएका नेताहरु छनौट गर्न सकेमा देशले विकास निर्माण देखि चौतर्फिरुपमा अगाडि बढ्ने सम्भावना छ, । त्यसैले स्पष्ट सोच, चिन्तन र कार्यशैली भएका नेताहरु निर्वाचित गर्नुुपर्छ ।
७.आफ्ना नेताले गलत गरेपछि गलत भयो भनेर महसुुस् गर्ने र सच्याउनका लागि आफ्नो तर्फबाट माथिल्लो तहमा स्पष्ट सल्लाह सुुझाव दिन सक्ने नेता छान्नुुपर्छ । केन्द्रका नेताहरुले पश्चिमबाट घाम उदाउछन् भनेपछि कार्यकर्ताले पनि पश्चिमवाटै घाम उदाउछन् भन्दै हिड्ने प्रवृति भएका नेतृत्वलाई निर्वाचनबाटै किनारा लगाउनुुुपर्छ । धर्म निरपेक्षताको विषयमा र एमसीसी सम्बन्धमा नेताहरुले यस्तै भ्रमपूूर्ण काम गरेका छन् ।
केवल नागरिकलाई थामथुुम पार्नतिर कोशिस भयो तर यसकारण यो ठिक हो भनेर नागरिकहरुको चित्त बुुझ्ने गरी तर्क दिन सक्दैनन् । नागरिकहरुको चर्को विरोध हुुँदाहुुदै पनि जर्वजस्तीरुपमा संसद्वाट पास गर्ने काम गरियो । विवादित विषय जनस्तरमा छलफलका लागि लैजानुुपर्छ भन्ने सोच नभएर जसरी भएपनि नेतृत्वले आफ्नो विचार लाद्ने प्रवृत्ति अन्त्य गर्नुुपर्छ । त्यस प्रकारको जिद्धि गर्ने स्वभाव भएका नेताहरुलाई स्थानीय निर्वाचनबाट समेत परास्त गर्दै जानुुपर्छ ।
८.आफ्नो देशको सीमा मिचिएको विषयमा केहि नबोल्ने, तर एक रुपँया मुुल्य बृद्धि भयो भने राँको बालेर सडकमा निस्किने प्रवृति भएका नेताहरु पनि किनारा लगाउनुुपर्छ ।
देशको प्रमुुख समस्याहरुमा मौन बस्ने तर आफ्नो स्वार्थका लागि स–साना कुुराहरुमा सरकारको विरोध गर्ने नेताहरु असल हुुन सक्दैनन् । त्यस प्रकारका राजनीतिज्ञ चोर, डाँका र फटाहा हुन् । तिनिहरु समाज र देशका लागि काम गर्दैनन्, देश र आफ्नो सत्ता रहेसम्म लुुटछन् र सत्ता वा देशै नरहने अवस्थामा अरुलाई दोष दिदै आफूू उम्कीन खोज्छन् । उनीहरुको उदेश्य भनेकै केवल आफूू, आफ्नो सन्तति र आफ्ना कार्यकर्ताको समृद्धि हो । देश र आम जनताको समृद्धिप्रति उनीहरुलाई चासो हुुँदैन ।
तसर्थ देशका प्रमुुख समस्याहरुबारेमा तल्लोस्तरमा समेत चासो र चिन्तन हुुनुुपर्छ । पार्टीको संगठन जनस्तरसम्म पुुगेको छ, त्यसैले आवश्यक सुधारका लागि जनस्तरबाटै आवश्यक सल्लाह, सुुझाव र दवाव दिन सक्ने नेतृत्व छान्नुुपर्छ ।
९.आज नैतिक र संस्कृत शिक्षा मासिदै गएको छ, नेपाली भाषा, संस्कृति र सभ्यता मासिदै गएको छ, नैतिक र व्यबहारिक शिक्षा कम्जोर भएको छ । आफ्नो संस्कृति र आफ्नो देशप्रतिको माया मोह घट्दैछ, पश्चिमा संस्कृतिले जरो गाड्दैछ । तर यस विषयमा हाम्रा नेताहरु पुुरै मौन बसेका छन् ।
विकास भनेको घर, महल, सडक वा पुुलहरु निर्माण हुुनुु मात्रै होइन, नागरिकहरु खुुशी, शान्ती र आनन्दीको महशुुस हुुनुुपर्छ । त्यसका लागि नागरिकहरुको आवश्यकता बमोजिमको विकास हुुनुुपर्छ । आज कतिपय देशहरु सम्पन्न भएर पनि अशान्त छन् ।
हाम्रै देशमा पनि आज शहरमा ठूूला ठूूला महल बनाएर पनि घरमा दिनहुु किचकिच गर्ने परिवारहरुको संख्या बढ्दैछ, त्यसैले जीवन के हो, अध्यात्म के हो ? सुुख शान्ति के मा छ भन्ने जस्ता कुराहरुको शिक्षा समेत दिन आवश्यक छ ।
जब पारिवारीक भावना, सामाजिक भावना र देशप्रतिको मायामोह कमजोर हुुनुु भनेको राम्रो होइन । राष्ट्रिय एकताका लागि भावनात्मक रुपमा मेलमिलाप हुुनुुपर्छ । त्यसैले शिक्षानीतिमा व्यापक सुुुुधार गर्नुपर्छ । प्राविधिक शिक्षा संगसंगै नैतिक शिक्षा, संस्कृत शिक्षा र नागरिक शिक्षा पनि अनिवार्य रुपमा लागूू गर्नुपर्छ ।
कुुनै पनि वेला तेस्रो विश्वयुुद्ध हुन सक्ने सम्भावना छ , यस्तो अवस्थामा समाज र देशप्रति माया ममता भएन भने देश र समाज ध्वस्त हुन केहि समय लाग्दैन । त्यसैले समाज र देशप्रति चासो र चिन्ता गर्ने नेतृत्वहरु निर्वाचनबाट छान्नुुपर्छ ।
१०.नागरिकहरुका कुुुराप्रति ध्यान दिन्छ, समाज र देशको वारेमा चासो राख्छ र केहि राम्रो काम गर्नुुपर्छ भन्ने दृढता व्यक्त गर्दछ वा यस अघिका उस्का बोली र व्यबहारले उसले राम्रो गरेको जस्तो लाग्छ भने जुुनसुुुकै पार्टीको नेता भएपनि जिताउनुुपर्छ । कतिपय अनुहारहरु भर्खरै मात्र कार्यकाल सकिएर फेरी पनि उम्मेद्वार बनेका छन् । उनीहरुले राम्रो काम गरेका भए फेरी पनि जिताउनुपर्छ । तर चित्त बुुझ्दो काम गरेका छैनन् वा राम्रो काम गर्ने प्रयत्न समेत गरेका होइनन् भन्ने लाग्छ भने तिनीहरुलाई निर्वाचनबाट किनारा लगाउनुुपर्छ ।
११.सत्ताका लागि राजा चाहिन्छ भन्ने, सत्ता प्राप्तीकै लागि मात्र हिन्दुुु राष्ट्र चाहिन्छ भन्ने र सत्ताकै लागि मात्रै आदर्शका कुुुराहरु गर्ने कतिपय फटाहाहहरु पार्टी बद्ल्दै हिड्ने गरेको देखिन्छ, त्यस्ता स्वार्थीहरुलाई निर्वाचनबाट किनारा लगाउनुुपर्छ ।
तर पार्टी बदलेर पनि नागरिकहरुको चाहना यो हो भनेर आफूू प्रवेश गरेको पार्टीमा सुधार ल्याउन प्रयत्न गरेको भए त्यसलाई सकारात्मक रुपमा लिनुुपर्छ । तर हिजो एउटा खालको भाषण र आज अर्कोथरी भाषण गर्दै हिड्ने स्वार्थीहरुलाई चिन्न जरुरी छ र त्यस्तालाई परास्त गर्नुपर्छ ।
१२.केवल भोटका लागि राजनीति गर्ने वा जुन समुदायमा पुुग्यो त्यहि समुदायको जस्तो भैदिने स्वार्थी नेताहरु पनि चिन्न जरुरी छ । अरुको आश्था र विचारलाई सम्मान गर्नुुुपर्छ भन्दैमा शाखाहारी भएको ठाउँमा शाखाहारी भैदिने, मासुु खानेठाउँमा मांशाहारी भैदिने, जँड्याहाहरु बसेको ठाउँमा जँड्याहा भैदिने, जुवाडेहरु भएको ठाउँमा जुुवाडे भैदिने जस्तो अत्यन्तै छाडा र सिद्धान्तविहिन बन्न जरुरी छैन ।
आफ्ना केहि विचार, ुिसद्धान्त र आश्थाका विषयमा त्यति धेरै लचक बन्न जरुरी छैन । कतिपय नेताहरुको व्यबहार त्यस्तै देखिएको छ । धार्मिक कार्यक्रममा गएर रामनामी ओढ्ने, फुुलमाला लगाईदिने र पुुजापाठ समेत गरिदिने र कतिपय ठाउँमा गएर प्रार्थनामा समेत सहभागी भैदिने सिद्धान्त र आश्थाविहिन गतिविधिहरुले लोकप्रिय बनाउदैन, बरु छाडा र सिद्धान्तविहीन बनाउछ ।
पशुुपतिनाथ पुुगेर यो हिन्दुराष्ट्र हो भनिदिने र स्वयम्भुु वा बौद्धमार्गी भएको ठाउँमा गएर यो बुुद्धिष्ट राज्य हुुनुुपर्छ भन्दै भोटको राजनीति गर्ने देशका कलंकहरुलाई जसरी भएपनि परास्त गर्नुपर्छ । अरुको आश्थालाई सम्मान गर्नुपर्छ भन्दैमा जुन समुदायमा गयो, त्यहि समुदायको गतिविधिमा समावेश हुुनैपर्छ भन्ने हुदैन । बरु उनीहरुलाई गर्नैपर्ने सहयोग केहि भए गर्न सकिन्छ ।
समुदायको माग बमोजिमको संरचना र विकासमा सहयोग गर्न सकिन्छ, तर आफ्नो आश्था नै लोप हुने गरी अरुको आश्थामा समावेश हुन जरुरी छैन । यो कुरा सवै राजनैतिक दल र कार्यकर्ताहरुले बुुझ्न जरुरी छ ।
१३. क्षणिक स्वार्थ पूूर्तिका लागि कसैलाई भोट हाल्न हुदैन । कसैको मासुुभात, कसैको केहि रकम, कसैको केहि स–साना योजनाका आश्वासनकै भरमा अमूूल्य भोट खेर नफालौं । जसको योजना, सिद्धान्त, विचार केहि पनि छैन, केवल सत्तामा पुुगेपछि ढुुकुुटी लुुट्न पाईन्छ भन्ने सोच मात्रै राखेको पाईन्छ, त्यस्ता व्यक्तिहरुलाई निर्वाचित गर्दैनगरौं ।
त्यस्ता व्यक्ति वा नेताहरुलाई निर्वाचित गरेर समयको मात्रै बर्वादी हुुन्छ , समाज र मुलुुकको विकास हुुनै सक्दैन ।
जसले निर्वाचनमा निकै फूूर्तिफार्ति गरेर, धनपैंसा खर्च गरेर, अनेक आश्वासन बाँडेर निर्वाचित हुनेछन्, तिनीहरुले आफ्नो कार्यकालमा त्यहि पैंसा असुुल्दै समय वित्नेछ । कुुनै न कुनै तरिकाबाट केवल आफ्नो पैंसा असुुली गर्नेछन् । त्यसैले क्षणिक स्वार्थका लागि भोट खेर नफालौं । सवै राम्रा उम्मेद्वार छैनन् भने राम्राका पक्षमा मात्रै भोट हालौं । हामीले भोट नदिदा पनि कुुनै न कुुनै उम्मेद्वार अवश्य निर्वाचित हुनेछन्, त्यसैले तुुलनात्मक रुपमा राम्रा मान्छे हेरौं ।
१४.नेपालका कुनै पनि राजनैतिक दलहरुप्रति नागरिकहरु सन्तुुष्ट छैनन् । सत्ता र सरकार चलाउन गठबन्धन गर्नुपर्ने कारण पनि त्यहि नै हो । जनताले स्पष्ट बहुमत दिएका पार्टीहरुले पनि राम्रो काम गर्न नसकेका कारण अहिलेको अवस्था बनेको हो । राम्रो कामका लागि नागरिकहरुको दवावको खाँचो छ । व्यक्तिगत स्वार्थ कसैले पनि नराखेर केवल, समाज र देशको स्वार्थ हेरौं । नेता छान्दा पनि समाज र समग्र देश बुुझेको नेता छानौं ।
आवश्यक पर्दा आफ्नै पार्टीमा विद्रोह गर्न सक्ने र नागरिकहरुको भावना सत्ता र सरकारमा भएकाहरुसमक्ष पुुर्याउन सक्ने नेता छानौं । केवल भत्ताका लागि बैठकमा पुुग्ने, सहि गर भनेका ठाउँमा सहि गरिदिने, नीति नियम बनाउदा केहि नबुुझ्ने, केवल अरु हाँसको बेला हाँस्ने र अरुले तालि बजाएको बेला तालि बजाउने खालका चेतना विहिनहरुलाई निर्वाचित नगरौं । आफै पनि साँचो र गलत के हो भनेर चिन्तन मनन् गर्न सक्ने नेता छनौट गरौं ।
१५.सवै कुरा पार्टी मात्रै पनि होइन, हाम्रो छिमेकी, आफन्त, भाइबन्धुु जस्ता धेरै सम्बन्ध जोडिएका हुुन्छन् । त्यसैले गर्न सक्ने काम र गर्न सक्ने सहयोग जुुनसुकै पार्टी वा आश्थाको मानिस भएपनि सहयोग गर्न सक्ने स्वभाव भएका नेतृत्वहरु छनौट गर्नुपर्छ । भोलि राजनीतिबाट अलग भएर बस्ने अवस्थामा पनि सवैले सम्झने गरी काम गर्ने नेताहरुको खाँचो समाजमा रहन्छ ।
१६.आफूू सत्ता र शक्तिमा पुुगेपछि अरुलाई पेलेर जाने स्वभाव भएका नेताहरु निर्वाचित गर्नुहुदैन ।
असल नेतृत्वमा माथि उल्लेख गरिएका बाहेक अरु पनि धेरै गुुणहरु हुन सक्छन्, त्यसबारेमा सवैले आ आफ्नो तर्फबाट चिन्तन मनन् गरी सल्लाह सुुझाव दिने गरौं । भोलि आउने जनप्रतिनिधिहरुलाई उल्लेखित कुराहरुबारे समयमै सजग बनाऔं । सर्वगुुणसम्पन्न नेताहरु त कतै पनि पाउन सकिदैन । भएकै नेताहरुबाट तुलनात्मक रुपमा राम्रा हेरौं । अवसर मिलेको समयमा नेतृत्वलाई आवश्यक सल्लाह र सुुझाव आ–आफ्नो तर्फबाट सवैले दिऔं । राम्रो गर्ने प्रयत्न मात्रै गर्दा पनि केहि न केहि सुधार हुन्छ ।
अरुका सल्लाह र सुुभावहरुप्रति ध्यान दिदै नदिनेहरुले भोलि निर्वाचित भैसकेपछि पनि ध्यान दिनेछैनन्, यसतर्फ सवै सचेत रहौं । हाम्रो सल्लाह सुुुुुझावलाई ज–जसले व्यवस्था गर्छन्, हामीले पनि उनीहरुलाई वेवास्ता गर्ने समय अहिले आएको छ । सवैले ध्यान दिऔं । हामीले सल्लाह सुुझाव दिनेवेला सुनेर पनि नसुुनेझैं गर्ने, मौन बसिदिने या अर्कोतिर मुुन्टो बटार्नेहरुलाई जवाफ दिने भनेको निर्वाचनकै समयमा हो, त्यो समय फेरी आएको छ । समयको सदुुपयोग गरौं ।

प्रतिक्रिया दिनुहोस

<