पत्रकार महासंघ सल्यानको अध्यक्षमा नविन पौडेल निर्वाचित

सल्यान, २५ चैत ।

नेपाल पत्रकार महासंघ सल्यान शाखाको अध्यक्षमा संयुक्त गठबन्धनका नविन कुुमार पौडेल निर्वाचित भएका छन् । कुल खसेको ८७ मतमध्ये उनले ४४ मत प्राप्त गरेर विजय भएका हुन् ।

उनका प्रतिद्वन्द्वी मिना बुुढाथोकीले ४३ मत प्राप्त गरेकी छन् । कुल मतदाता संख्या ९२ रहे पनि ८७ मत मात्र खसेको हो । त्यस्तै खुला उपाध्यक्षमा गठबन्धनका शंकर के.सी. विजय भएका छन् । उनले ४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष महिलामा सरिता चलाउने निर्वाचित भएकी छन् । उनले ४६ मत प्राप्त गरेकि छिन् । त्यस्तै सचिवमा गठबन्धनबाट टिकाराम (दिपसागर) भण्डारी विजयी भएका छन् । उनले ४८ मत पाएका छन् । त्यस्तै समावेशी सह–सचिवमा गठबन्धनकै बुुुद्धिमान पुुन विजय भएका छन् । उनले ५७ मत प्राप्त गरेका छन् ।

त्यस्तै कोषाध्यक्षमा गठनबन्धनकै शिवलाल डाँगी विजय भएका छन् । उनले ५१ मत प्राप्त गरेका छन् । त्यसैगरी खुल्ला सह–सचिवमा गठबन्धनकै आशिस के.सी विजयी भएका छन् । उनले ४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै दलित सदस्यमा खेमराज स्वर्णकार विजय भएका छन् । त्यस्तै खुल्ला सदस्यमा अमृत बुढाथोकी, भरत देवकोटा, संजिव श्रावन देवकोटा, पदम गिरी, महेश कुमार वली विजय भएका छन् ।

त्यस्तै महिला सदस्यमा मेघा रेउले र्निविरोध रुपमा विजय भएकी छिन । त्यस्तै जनजाती सदस्यमा हरिप्रकाश पुन र्निविरोध रुपमा निर्वाचित भएका छन् ।

त्यसै गरि अन्य समावेशीमा गोपाल शर्मा र्निविरोध रुपमा निर्वाचित भएका छन् । त्यस्तै केन्दीय परिषद सदस्यमा डिल्लीराज रावत, योगराज बिश्वकर्मा, प्रगति गिरि महिला तर्फ विजय भएका छन् ।

त्यस्तै प्रदेश परिषद सदस्यमा प्रकाश भण्डारी, धिरज रावत, धनेन्द्र विमल वली, इस्वरी प्रकाश के.सी, जनक ब.के.सी, महिला तर्फ टिका के.सी बिजय भएका छन् ।

गठबन्धन अन्तर्गत प्रेस युुनियन, प्रेस चौतारी (के.पी.प्यानल) र जनपत्रकार संगठनको संयुुक्त गठबन्धन एउटा थियो भने प्रेस संगठन र प्रेस चौतारी केपी प्यानल पक्षको अर्को गठबन्धनबाट निर्वाचनमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस