विपत व्यवस्थापन समितिको बैठक सम्पन्न: विदेश गएकाको डाटा संङ्कलन गर्दै ,

इन्द्र बुढाथोकी
सल्यान २५ चैत्र, । बनगाड कुपिण्डे नगरपालिका ४ न वडा कार्यालय गर्चेमा वडा विपत व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले ४ नम्बर वडा बासिको विदेश गएका व्यक्तिहरुको डाटा सङ्कलन गर्ने निर्णय गरेको छ ।  डाटा लिनेर अब आउने व्यक्तिको पहिचान गरि विदेश बाट घरमा आएमा क्वारेन्टाइनमा राख्न सहज हुने भन्दै डाटा राखिन लागेको बनगाड कुपिण्डे नगरपालिका वडा न ४ का वडा अध्यक्ष मोमत रोकाले जानकारी दिनु भएको छ ।
वडा क्षेत्रमा कोरोना भाइरसमा लकडाउनका कारण दैनिक हातमुख जोडन कठिन हुने विपन्न परिवारको लागत सङ्ग्कल गरेको आए ६९ घरधुरीलाई राहतको लागि नगरपालिकामा सिफारिस गर्ने निर्णय गरेको छ । कोरोना भाइरस लाई नियन्त्रण गर्न आवश्यक पर्ने सामाग्री र जनचेतनामूलक कार्यक्रम सन्चालन तथा वितरण गर्नको लागि ४ नम्बर  वडा कार्यालयले वडामा रहेका  ८ वटा टोलमा टोल स्तरीय विपन व्यवस्थापन उप समिति गठन गरिएको छ ।
उक्त गठनभएको उप समितिलालाइ आज देखि कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक काममा लाग्न अध्यक्ष रोकाले निर्देशन दिनुभएको छ । बनगाड कुपिण्डे नगरपालिकामा विदेश भएकाको डाटा सङकल र टोल टोलमा विपत व्यवस्थापन समिति गठन गर्ने यो भने पहिलो वडा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

<