टिमुरको फल पाकेर रातो र परिपक्व भएपछि मात्रै टिप्नुपर्छः वनस्पति अनुसन्धान केन्द्र

टिमुरको महत्व र उपयोगीता के छ ?

सल्यान, २१ भदौँ ।
जडिबुटी संकलन तथा भण्डारण गर्दा विशेष ध्यान दिन वनस्पति विज्ञहरुले सुझाव दिएका छन् ।

अव टिमुर संकलनको समय शुरु हुन लागेकोले गुणस्तरीय टिमुर उत्पादनका लागि टिप्दाखेरी सावधानी अपनाउनुपर्ने वनस्पति अनुसन्धान केन्द्र सल्यानले जनाएको छ । कतिपयले हिजो आज टिमुर टिप्न शुरु गरेको पाइएकाले असोज सम्म पर्खन केन्द्रले कृषकहरुलाई सुझाव दिएको हो ।

दाना रातो भएर राम्रो संग पाकेपछी मात्रै टिमुर टिप्नुपर्ने वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख दिनेश बराल बताउँछन् । उनले असोजको अन्तीम साता देखी मात्रै टिमुर संकलन कार्य शुरु गर्न सुझाव दिए ।

कतिपयले अहिले नै टिमुर टिप्न शुरु गरेको भन्दै कार्यालय प्रमुख बरालले यसको फल पाकेर रातो भएपछि र परिपक्व भएपछि झर्नु अगावै असोजको अन्तीम साताबाट मात्रै संकलन गर्नुपर्ने बताए ।

मुलपानी स्थित अनुसन्धान केन्द्रका सूचना अधिकारी गोपाल शर्माले गुणस्तरिय टिमुरका लागि संकलन गर्दा विशेष ख्याल गर्नुपर्ने बताए । उनका अनुसार राम्रो संग नपाक्दै टिपेको टिमुर ढुसी परेर विग्रने र तेल निकाल्न नसकिने हुन्छ । ध्यान पु¥याएर टिपेको र सुकाएको टिमुरबाट तेलको मात्रा धेरै निस्कने शर्माले बताए ।

अधिकारी सिताराम नेपालका सुगन्धित वनस्पतिहरुको तेल प्रतिशत निर्धारण, २०७४ अनुसार यसरि गुणस्तरिय तरिकाले उत्पादन भएको टिमुरबाट अनुसन्धात्मक प्रयोगशालामा २ देखी ८ प्रतिशत सम्म र उद्योग कलकारखानामा ३ देखी ५ प्रतिशत सम्म तेल निकाल्न सकिन्छ ।

अनुसन्धान केन्द्रका हेड फिल्ड असिस्टेन्ट कृष्ण पुनले टिमुर टिप्दा सकभर सिकेचरको प्रयोग गर्न किसानलाई सुझाव दिए । विहान, साँझ र झरी भएको बेला टिमुर संकलन गर्नहुँदैन ।

विग्रने भएकाले प्लाष्टीकको बोरीमिा पनि टिप्नुहुँदैन । चोयाँको डाला, प्लाष्टीकको बाल्टीमा टिमुर टिप्नुपपर्छ । टिमुर टिपिसकेपछी दुई दिन जति घाममा सुकाउने र त्यसपछी सात दिन जती छायाँमा सुकाउनुपर्ने पुनले बताए । उनले किसानहरुलाई यसरि टिमुर सुकाइसकेपछी जुटको बोरामा राख्न सुझाव दिए ।

सल्यानमा टिमुर प्रशस्त पाइन्छ । बारिको ढिक काल्ना, पाखा आदीमा टिमुर राम्रो फस्टायको पाइन्छ । बजार माग अत्यन्तै रहेको कारण पछील्लो समय टिमुर खेती विस्तार भइरहेको छ ।

गत वर्ष किसानहरुले प्रतिकिलो ५ सय रुपैयाँमा टिमुर विक्रि गरेको जनाउदै वनस्पति अनुसन्धान केन्द्रका असिस्टेन्ट पुनले किसानहरुको यस तर्फ आकर्षण बढ्दै गएको बताए ।

टिमुरका विरुवा उत्पादन, खेति गर्ने किसानलाई प्राविधिक सहयोग गर्दै आएको अनुसन्धान केन्द्रका अनुसार कपुरकोट, छत्रेश्वरी, बागचौर लगाएतका स्थानीय तहहरुमा किसानहरुले ब्यवशायीक रुपमा टिमुुर खेती गरिरहेका छन् ।

टिमुरको महत्व र उपयोगीता

सल्यानको परिप्रेक्षमा हेर्ने हो भने टिमुर परम्परादेखि नै सर्वसाधारणले मसलाको रुपमा प्रयोग गर्दछन् । विशेष गरी अचार, सिस्नोको तरकारी, च्याउको परिकार वनाउंदा यसको मसला अनिवार्य जस्तै मानिन्छ ।

टिमुरको फल वोक्रा सम्पूर्ण फल र वीउलाई दन्तमञ्जन, सावुन, अत्तर ज्वरा,े हैजा, पेटका तथा जंगली जुका खसाल्न, जैविक विषादी वनाउनमा प्रयोग हुने गरेको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ ।

यस हिसावले टिमुरको महत्व निकै नै छ । यसको विक्रिबाट किसानले मनग्य आर्थीक लाभ लिन सक्छन् । आर्थीक हिसावले, स्वास्थ्यका दृष्टीकोणले टिमुरको महत्व धेरै रहेको पाइन्छ ।

एक पटक रोपिसकेपछि टिमुरबाट धेरै वर्षसम्म फल लिन सकिने र बजार पनि राम्रो भएकाले नांगा डाँडापाखा, खोल्सामा सामुहिक तथा व्यक्तिगत रुपमा खेति गरेर आम्दानीको श्रोत बढाउन सकिने प्रशस्त सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

<