चालु आर्थिक वर्षमा पुजिँगत खर्च बढाउँछौंः मन्त्री ज्वाला

सल्यान, २१ भदौँ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा पूजिँगत खर्च बढ्ने बताएका छन् । विगतका आर्थिक वर्षमा कोरोना भाइरस लगायतका कारण पुजिँगत खर्च बढ्न नसको बताए ।

आइतबार प्रदेश लेखा इकाई कार्यालय सल्यानको कार्यालय उद्घाट्न गर्दै मन्त्री ज्वालाले सुरुको चरणमा कार्यविधि निमार्ण तथा तेस्रो चौमासिकमा कारोनाका कारण पुजिँगत खर्च हुन नसकेको बताए ।

यस वर्ष कर्मचारी व्यवस्थापन लगायत अन्य व्यवस्थापन समयमै सकिएकाले पहिलो चौमासिकबाटै काम बढी बढ्ने बताए । उनले भने असोज महिना देखिनै योजना सञ्चालन हुने गरी काम गरी रहेका छौ ।

चालु खर्च कटाएर पनि यो वर्ष पूजिँगत खर्च बढाएको उनको भनाई छ । योजना माग्ने तर कार्यन्वयनमा चासो नराख्दा बजेट खर्च हुन नसकेको बताउँदै मन्त्री ज्वालाले बजेट फिर्ता गराउने भन्दा थप बजेट माग्ने परिपार्टीको विकास गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस

<