भारतमा राष्ट्रपतिदेखि सांसदसम्मको तलबमा एक वर्षसम्म ३० प्रतिशत कटौती गरिने


काठमाडाैं, २४ चैत

भारतीय प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सबै राज्यपाल र सांसदहरूको तलबमा एक वर्षसम्म ३० प्रतिशत कटौती गरिने भएको छ । यसैगरी सांसदहरूको कोषमा दिइने रकम पनि सन् २०२२ सम्म रोकिने भएको छ । क्षेत्र विकासका लागि सांसद कोषमा १० करोड रुपैयाँ विनियोजन हुँदै आएको थियो ।

सोमबार भिडियो कन्फ्रेन्सिङमार्फत बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्णय सम्बन्धित सबै पदाधिकारीको सहमतिमा लिइएको जनाइएको छ ।

तलबमा कटौती गरिएको रकम र सांसद क्षेत्र विकास कोषको रकम राहत कोषमा जाने छ ।

भारतमा पदाधिकारीको तलब कति हुन्छ ?

राष्ट्रपति : ५ लाख रुपैयाँ
उपराष्ट्रपति : ४ लाख रुपैयाँ
राज्यपाल : ५ लाख ५० हजार रुपैयाँ
प्रधानमन्त्री : २ लाख रुपैयाँ
सांसद : २ लाख रुपैयाँ

shilapatra.com

प्रतिक्रिया दिनुहोस

<