बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

 २४ चैत २०७६

काठमाडौं : सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो।

आइतबार बसेको कोभिड-१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो।

सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो। योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो।बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

दोस्रो पटक लकडाउन थप गरेपछि सुदूरपश्‍चिममा एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएको थियो। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

annapurna post

प्रतिक्रिया दिनुहोस

<