भोट नहालेको भन्दै वडाध्यक्षले दिएनन् राहत : आफ्नै घरमा थन्काए ४८ बोरा चामल

rahat wadadhyaxलकडाउनको बेला विपन्न मजदुरलाई वितरण गर्ने खाद्यान्नमा वडाका जनप्रतिनिधि सदस्यले कुम्ल्याएका छन् । कोहलपुर नगरपालिका वडा नं १४ का जन प्रतिनिधीहरुले के एल दुगड ग्रुपले दिएको राहतमा मनोमानी गरेका हुन् ।

दुगड ग्रुपले १ सय ५० बोरी चामल कोहलपुरको १४ न। वडाका विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको थियो । वडा न १४ कावडा अध्यक्ष टेक चन हरिजनले शुक्रबार वडाका विपन्न वर्गलाई १ सय २ बोरा खाद्यन वितरण गरे। बाँकी ४८ बोरा खाद्यान भने अध्यक्ष टेक चन र वडा सदस्य रुक्मीणा शर्माले लगेका छन् । ४८ बोरा चामल मध्ये ३२ बोरा वडा अध्यक्ष टेकचन हरिजनले र १६ बोरा आफुले घर लगेको सदस्य रुक्मीणा शर्माले स्विकारिन ।

आफ्नो टोल छिमेकमा बितरण गर्नका लागि अध्यक्ष र सदस्यले राम माविको भवनमा राखेको चामल लागेका हुन् । नागरिक देखि वडाका अन्य जनप्रतिनिधि देखिले प्रश्न उठाएपछि आफुले नागरिकलाई राहत बाँडेको बताउने अध्यक्षले राहतको लिस्ट दिन सकेनन र पछि हटेको समेत पाईएको छ ।

जवाफ दिननसक्दा स्थानीयले रुकमणिको घर समेत घेराउ गरि घर भित्र राखेको चामल निकालेर वडा कार्यालयमा लागेको स्थानीय भगवती अधिकारीले जानकारी दिईन । स्थानिय अध्यक्ष र सदस्य मिलेर संकटककोबेला मजदुर विपन्न वर्गलाई दिने राहत आफै कुम्ल्याउनु गलत भएको अर्का वडा सदस्य मन प्रसाद गुरुङले बताए ।

संकटको बेलामा मजदुर नागरिकलाई आएको राहत वडा अध्यक्षले नै घरमा लानु गलत भएको वडा सदस्य शान्ति सुनारको भनाई छ । राहत वितरणमा अध्यक्षकै भान्जा बर्मा हरिजनलाई अध्यक्षले राखेको र उनले मनपरी गरि शुक्रबार राहत वितरण गरेको कति जनालाई भन्ने नाम लिस्ट समेत नरहेको बताईन ।

नगरपालिकाले दिने ३ सय ८३ थान राहात समाग्रि पनि आउन बाँकी रहेको समयमा वास्तवीक बिपन्न लाई बितरण गर्न आफुले सुझाए पनि वडा अध्यक्ष आफ्ना नजिकका मान्छे लाई काखि च्याप्दा समस्या उत्पन्न भएको सुनारले बताईन । धेरै मात्रमा निजि क्षेत्रबाट आएको राहत वितरण भएपनि वडा कार्यालयले बिना भरपाई राहत वितरण समेत गरेको पाईएको छ ।

वडा कार्यालयले ठुलो मात्रामा राहत वितरण गरेपनि हाल सम्म कोहलपुर १४ का चिडिमार समुदायले समेत राहात नपाएको गुनासो गरेका छन् । स्थानीय गया चिडिमार राहत वितरण स्थलमा ३ पटक सम्म पुगेको र आफुलाई भोट नदिएको भन्दै वडा अध्यक्षले फर्काईदिएको बताए ।

तेस्तै कोहोलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोहोलपुर नगरपालिकाले एक तर्फा राहत सहयोग लिने र राहत वितरण गर्दा नीति नबनाई वितरण गरिनु गलत भएको बताए । वडाका कुनै पनि विपन्न नागरिकलाई हेपाअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि भारतसँग औषधिको सहयोग मागेका छन् । अमेरिकामा झण्डै साढे ३ लाख मानिस कोरोना भाइसबाट संक्रमित भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसँग औषधि सहयोगका लागि आग्रह गरेका हुन् ।

ट्रम्पले शनिबार बेलुकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर हाइड्रोक्सी क्लोरोक्वीन औषधिको माग गरेका हुन् । जुन औषधि भारतमा सबैभन्दा धेरै उत्पादन हुन्छ । मलेरियाको उपचारका लागि हाइड्रोक्सी क्लोरोक्वीनको प्रयोग गरिन्छ । भारतमा लाखौं व्यक्तिमा मलेरिया हुने भएकाले भारतीय कम्पनीले ठूलो मात्रामा यो औषधि उत्पादन गर्छन् ।

यो औषधि अमेरिकामा कोरोना भाइरसका संक्रमितलाई दिइएको छ । यसले सकरात्मक प्रभाव देखाएकाले भारतसँग ट्रम्पले औषधि माग गरेका हुन् । यो एन्टी मलेरियाको औषधि क्लोरोक्वीन भन्दा थोरै फरक छ । यो एक ट्याबलेट हो । यसको प्रयोग अटोइम्युन रोगको उपचारमा गरिन्छ । अमेरिकामा यसलाई कोरोना भाइरसबाट बच्नका लागि प्रयोग गरिएको छ ।

भारतले यो औषधि उत्पादन गरे पनि चीन र ब्राजिलबाट कच्चा पदार्थ ल्याउनुपर्छ । त्यसैले अमेरिकी राष्ट्रसँगको फोन वार्तापछि मोदीले ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोसँग कुराकानी गरे । उनले कच्चा पदार्थ पठाउन सकिने बताएका छन् । पछिल्लो समय भारतले यो औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले २१ मार्चमा हाइड्रोक्सी क्लोरोक्वीन र एजिथ्रोमाइसिनको मिश्रणले कोरोना भाइरसबाट मानिसलाई बचाउन सकिने बताएका थिए । हा प्रवृति नगरी राहत वितरण गर्न भनेपनि वडा न १४ मा ठिक उल्टो भएको रावतले जानकारी दिए ।

कोहलपुर नगर क्षेत्रमा विपन्न वर्गको पहिचान भईसकेको छ उनीहरुको नामलिस्ट पनि तयार रहेको छ। छुटेका हरुको हामि नाम राख्छौ,बुज्छौ। कोहलपुर नगरपालिकाका १४ ओटा वडाका ४३ सम नागरिकलाई शनिबारबाटनै पक्ष विपक्ष नगरी राहत वितरण गरिने रावतले बताए ।

 

onlinekantipath

प्रतिक्रिया दिनुहोस

<