हामी कता जाँदैछौ ?

 

हाम्रा आँखै अगाडि देखिएका दृष्यहरुले हामी कता जाँदैछौ भनेर प्रश्न उठाउन थालेका छन् । जुुनसुकै कुरामा पनि पार्टी र राजनीति जोडेर काम गर्ने वा व्यबहार गर्ने शैलीले नागरिकहरुमा खिन्नता उत्पन्न हुन थालेको छ । कसैले राहत वितरण गर्यो भने त्यो कुन पार्टीतिरको हो भनेर सोधखोज गर्ने, उसको प्रोफाईल हेर्ने र मात्रै प्रतिक्रिया दिने चलन व्यापक बढेको छ । तर कसैको झोले बनिनसकेका नागरिकहरुलाई यस कुराले खिन्नता बनाउने गरेको छ ।

जसले गरे पनि राम्रो कामलाई राम्रो हो भन्ने हिम्मत हामी किन गर्दैनौं ? प्रश्न यहाँनेर छ । कतिपय राम्रा कुराहरु जनस्तरमा पनि भएका हुुन्छन्, तर ती कुुराहरु कतिपयले राम्रो देख्दा देख्दै पनि आफ्नो पार्टीको नेतृत्वले के भन्छ भनेर कुरी बस्ने देश र हाम्रो समाजका कलंकहरुले आज मुलुकलाई उधोगतितिर लिदैछन् । कतिपय हाम्रा रीति थिति र संस्कारमा विज्ञान नभेटिन पनि सक्छ, तर पनि भावनात्मक एकता, खुुशी र आत्मियताका लागि गरिएका कामहरुलाई उल्लीबिल्ली गर्ने जुन प्रवृत्ति बढेको छ, यसले समाजमा एकता हुन दिदैन ।

समाजमा आफूलाई भाले देखाउन खोज्ने कतिपय युवा जमातको प्रचललने आम सर्वसाधारण जनता नबोले पनि मन अमिलो बनाउन बाद्य छन् । आफ्ना आमा बुुबालाई अगाडि राखेर हेरौं, हामीमध्ये कतिपयका आमा बुवा होचा पुुड्का, काला, अपांग, कुुरुप वा सवैसामु देखाउन लाएकै पनि नहोलान्, तर हामीलाई जन्माएका र हुुर्काएका हाम्रा आमा बुुबा तिनै हुन्, तर तिनै आमा बुुबा राम्रा भएनन् भनेर हामी उनको आलोचना गरेर बस्न सुहाउछत ? मातृभूमि र मातृशक्तिप्रतिको अनादर कुुनै पनि देशभक्त र सनातन धर्मप्रेमीहरुको लागि सैह्य हुन सक्दैन ।

आज ८० प्रतिशतभन्दा बढिले मानिआएका जम्मै रितिथिति र परम्परालाई रुढिवादी र खोक्रो देख्ने ति फुुलो परेका आँखाहरुलाई हामीले समयमै मोतिविन्दुको उपचार गर्न सकेनौं भने आँखा खुल्दै नखुुल्ने गरी बन्द हुन बेर छैन । यतातिर हमी सचेत छौं । कतिपय कुुराहरु खुशियालीको लागि पनि गरिन्छ, कतिपय कामकुराहरु भावनात्मक एकताको लागि पनि गरिन्छ, कतिपय कुुराहरु सवैको सहभागीताको लागि पनि गरिन्छ ।

त्यस्तै अर्कोतिर हाम्रो समाजमा कतिपय मानिसहरु टोपीमा पनि बाहुनवाद् देख्छन्, पोशाकमा पनि बाहुनवाद् देख्छन्, जम्मै कुरामा बाहुुन्हरुको विरोध गर्दै हिड्छन् । यहाँ अरुको भारी बोकेर जीवन गुजार्ने बाहुनहरु पनि छन् । जम्मै कुराको दोष समग्र बाहुनलाई दिनुु यो भन्दा ठूूलो अन्याय के हुुन्छ ? । मुख छ भन्दैमा जे पायो त्यहि बोल्ने छुुट कसैलाई छैन र हुुदैन ।

अर्का एकथरी सामन्तहरु जे कुरा पनि आफूूलाई नै शुुरुमा जानकारी हुनुुपर्ने ठान्दछन्, यदि उनीहरुलाई शुुरुमा जानकारी नदिएर अपर्झट थाहा पाएपछि त्यो काम राम्रै भएपनि नराम्रो भएको प्रतिक्रिया दिने गरेका छन् । लोकतन्त्रमा केही कामहरु नागरिकस्तरबाट पनि हुुन्छन् । सवै काम राजनैतिक वा सरकारी नेतृत्वलाई नै जानकारी दिनैपर्दछ भन्ने कुरा लोकतन्त्रमा मान्य हुन सक्दैन । देशको एकता, अखण्डता र सार्वभौमसत्तामा आँच नपुुग्ने गरी नागरिकहरु विभिन्न कामकुुराहरु गर्न स्वतन्त्र छन् ।

हिजोआज अर्कोथरी सामन्तहरु उदाउन थालेका छन् । निश्चित मिडियालाई साथ लिएर उनीहरु अगाडि बढेका छन् । उनीहरु कसैको ठूूलो औपचारिक कार्यक्रममा पनि जाँदैनन् र मन पर्यो भने कसैको जन्मदिनमै पनि दिन विताउछन् । यस्ता संकुचित नेतृत्व र संकुचित समाजसेवीहरुलाई समाजले कसिंगर बढारेझैं बढार्न जरुरी छ । अबको राजनीति दुुइचारजना गुुन्डा र एकदुुईवटा मिडिया साथमा लिएर मात्रै सम्भव छैन । समग्रमा उनीहरुले धेरै मानिसहरुको मन जित्नेगरी काम गर्न जरुरी छ । यी विकृति र विसंगतिको समयमै चिरफार गर्दै अगाडि बढ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

<