सल्यानमा ज्योतिष परिषद गठन सम्पन्न

सल्यान, २२ फागुन ।


नेपाल ज्योतिष परिषद् अन्तर्गत जिल्ला कार्यसमिति सल्यानको गठन शनिवार सम्पन्न भएको छ ।

जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा भएको भेलामा ज्येष्ठ नागरिक नारायण प्रसाद शर्माको अध्यक्षतामा समिति गठन भएको हो । पछि ४ जना सदस्य थप गर्ने र २१ जनाको पूूर्ण समिति बनाउने गरी हाल १७ जनाको समिति गठन गरिएको र विविध निर्णयहरु समेत पारित गरिएको छ ।

जिल्लाकै सवै स्थानीय तह र समावेशीता समेतलाई मध्यनजर गर्दैै जिम्मेवारी तोकिएको छ । जिम्मेवारी अनुुसार अध्यक्षमा गोविन्द प्रसाद शर्मा (छत्रेश्वरी), उपाध्यक्षमा नारायण प्रसाद शर्मा (त्रिवेणी), सचिवमा दल बहादुुर डि.सी –(शा.न.पा)., सहसचिवमा दिलाराम बुुढाथोकी –(कुुमाख गा.पा.) र कोषाध्यक्षमा शुसिला कुमारी शर्मा (शा.न.पा.) रहने गरी जिम्मेवारी तोकिएको हो ।

त्यस्तै सदस्यहरुमा शा.न.पा. बाट चेतकान्त शर्मा, बालकृष्ण भटराई, दिनबन्धुु पौडेल, मुक्ति प्रसाद शर्मा, पर्शुुनारायण गौतम रहनुुभएको छ । त्यसैगरी बागचौर नगरपालिकाबाट ईश्वरी प्रसाद गौतम, कपुुरकोट गाउँपालिकाबाट जित प्रसाद आचार्य, भुवनेश्वर गौतम, कृष्णप्रसाद धिताल, त्रिवेणी गा.पा.बाट धनसिंह साहुु र छत्रेश्वरी गा.पा.बाट ताराप्रसाद शर्मा सदस्य पदमा रहने गरी जिम्मेवारी तोकिएको छ ।

बैठकले अब तत्कालै ज्योतिष तथा धार्मिक विषयका कुराहरु र धार्मिक क्षेत्रहरु समेटेर जिल्लाको पहिचानका विषयहरुलाई प्रचारप्रसार गर्नेगरी भित्तेपत्रिका प्रकाशन गर्ने भएको छ ।

कार्यसमितिले ज्योतिष शास्त्रमा चासो राख्ने र यसै क्षेत्रमा लागेकाहरुलाई थप ज्ञानका लागि जिल्लामा ज्योतिष सम्बन्धी प्रशिक्षणको आयोजना गर्ने लगायतका निर्णयहरु पारित गरेको छ ।

त्यस्तै धार्मिक तथा ज्योतिष सम्बन्धी काम गर्दै आउनुुभएका र समाजसेवीको पहिचान बनाउनुुभएका अनन्तप्रसाद उपाध्याय, ऋषिराज शर्मा र देवराज आचार्यलाई सल्लाहकारमा चयन गरिएको छ ।

कार्यसमितिको अर्को बैठक चैत्र महिनाको दोस्रो सातामा भित्तेपत्रिका प्रकाशन भएपश्चात बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

<