(सम्पादकीय) जनजीवन सहज बन्दै

कोरोना महामारी अँझै पनि नियन्त्रणमा आईसकेको छैन । तर मानिसहरु नियमित क्रियाकलापतिर लाग्न थालिसकेका छन्  ।

कोरोना भन्दा पनि बढी आर्थिक चिन्ताले सताउन थालेपछि मानिसहरु अब पहिलाको जस्तो डर मानेर बस्ने अवस्था देखिदैन । विदेश जाने सोच भएकाहरु राहदानी बनाउन थालिसकेका छन् । शैक्षिक संस्थाहरु सूचारु भैसकेका छन् ।

सार्वजनिक यातायात सुचारु भैसकेको छ । महामारीको बेला पनि बन्द नभएको पशुुपालन र खेतीपातीको कामले निरन्तरता पाईरहकै छ । भारतबाट फर्किएका नागरिकहरु फेरी फर्किरहेका छन् ।

बजारहरु खुल्न थालेका छन् । यदाकदा सार्वजनिक महत्व राख्ने कार्यक्रमहरु पनि भईरहेका छन् । तर केही सावधानी भने अपनाईरहेका छन् । बजारमा निस्कने अधिकांश मानिसहरु मास्क लगाएर मात्र निस्किएका छन् । कार्यालयमा स्यानीटाईजरको व्यवस्था देख्न सकिन्छ । सार्वजनिक यातायात र बजार क्षेत्रमा सामाजिक दुुरी त्यति कायम भएको देखिदैन ता पनि पहिलाको भन्दा थोरै भएपनि मानिसहरु सचेत छन् ।

लामो समय कोरोना महामारीले आर्थिक गतिविधि ठप्प बन्दा निराश भएका नागरिकहरुले केही हल्का स्वास् फेर्न पाएका छन् । पहिलाको जस्तो उकुस्मुकुसको वातावरण हटेको छ । कतिपय कार्यालयहरुमा भिड्भाड समेत बढ्न थालेको छ । तर सचेत भने बन्नै पर्ने अवस्था छ । कम्तिमा रुघाखोकि सरेजस्तै सर्छ भन्ने मात्र पनि ज्ञान भैदिने हो भने मानिसहरु त्यति भिड्भाड् गर्दैनथेहोला ।

यसर्थ होसियारी भने बन्नै पर्छ । कडाखालको रुघाखोकिले पनि कमजोर स्वास्थ्य भएका उदाहरण धेरै छन् । यसर्थ प्रत्येक नागरिक अँझै पनि सचेत बन्न जरुरी सार्वजनिक यातायात र बजार क्षेत्रमा सामाजिक दुुरी त्यति कायम भएको देखिदैन ता पनि पहिलाको भन्दा थोरै भएपनि मानिसहरु सचेत छन् ।

लामो समय कोरोना महामारीले आर्थिक गतिविधि ठप्प बन्दा निराश भएका नागरिकहरुले केही हल्का स्वास् फेर्न पाएका छन् । पहिलाको जस्तो उकुस्मुकुसको वातावरण हटेको छ । कतिपय कार्यालयहरुमा भिड्भाड समेत बढ्न थालेको छ । तर सचेत भने बन्नै पर्ने अवस्था छ । कम्तिमा रुघाखोकि सरेजस्तै सर्छ भन्ने मात्र पनि ज्ञान भैदिने हो भने मानिसहरु त्यति भिड्भाड् गर्दैनथेहोला ।

यसर्थ होसियारी भने बन्नै पर्छ । कडाखालको रुघाखोकिले पनि कमजोर स्वास्थ्य भएका उदाहरण धेरै छन् । यसर्थ प्रत्येक नागरिक अँझै पनि सचेत बन्न जरुरी छ । संकास्पद संक्रमितहरुबाट अलि टाढै बस्न जरुरी छ ।

नआउदै पो डर, आईसकेपछि के को डर भनेझैं अवस्था अहिले बनेको छ । विभिन्न बजारक्षेत्रमा कोरोना संक्रमित भेटिएर पनि निको हुने क्रम बढिरहेपछि मानिसहरुमा आत्मविश्वास निकै बढेको छ ।

कोरोना लाग्दैमा मरिदैन भन्ने कुराले आत्मविश्वास बढाएको छ । यसर्थ विस्तारै जनजीवन सहज बन्दै गएको छ । आम नारिकहरुमा फेरी पनि सवै गतिविधिहरु अगाडि बढाउन सकिने आशा पलाएको छ । अतः अबको विकल्प पनि त्यहि नै हो, सावधानी अपनाउने, तर आफ्नो कामकाजमा फर्किने  । यस कुरालाई सवैले मनन् गर्न जरुरी छ । जनजीवन सहज बन्दै गएकोमा नागरिकमा खुसिपना थपिएको छ ।

प्रतिक्रिया दिनुहोस

<