समुदायस्तरमा कोरोना फैलिन नसक्नुुमा लकडाउन र हामी सवैको सजगता नै हो,

सल्यान शारदा नगरपालिकाका कोरोना फोकल पर्शन रविन विष्ट

सल्यान, २१ साउन ।

यतिवेला कोरोना महामारीको प्रभाव र अवको रणनीतिबारे हामीले सरोकारवाला निकायहरुसंग कुुराकानी गर्ने गरेका छौं । त्यसै क्रममा यस अंकमा सल्यान शारदा नगरपालिकाका कोरोना फोकल पर्शन रविन विष्टसंगको कुराकानीलाई यहाँ प्रस्तुत गरेका छौं ।

यस्तो छ उहाँसितको कुराकानीः(प्रश्नोत्तर)

प्रश्नः शारदा नगरपालिका कोरोनामुक्त भएको भन्ने समाचार आईरहेको छ, के अब शारदा नगरबासीले सुरक्षित महसुुस् गर्ने अवस्था छ ?

उत्तरः आजको दिनमा संक्रमितहरुको संख्या सूून्यमा भरेको छ । यस अर्थमा केही सुरक्षित महशुुस हुुनुु स्वभाविक हो, तर संक्रमित थपिदैनन् भन्ने चाही होइन, अहिले पनि केहि संख्यामा मानिसहरु क्वारेन्टाइनमा छन्, तिनीहरुको रिपोट आउन बाँकी नै छ ।

प्रश्नः क्वारेन्टाइनमा कति संख्यामा छन् ?

उत्तरः अहिले जम्मा १०–१२ जना मात्रै छन् ।

प्रश्नः कोरोनाबाट मानिसहरु संक्रमित हुने गरेको भएता पनि मृत्युुदर भने त्यति बढ्न पाएको छैन । तपाइको बुुझाईमा के कारण हुन सक्छ ।

उत्तरः विशेष गरी भारत र तेस्रो मुुलुकहरुबाट फर्किनेहरुकै कारण कोरोनाको जोखिम बढेको हो । जब नेपालका सवै जिल्लाहरुमा समयमै लकडाउन गरियो, यसले गर्दा नै समुदायस्तरमा फैलिन नपाएको हो ।

विदेशबाट फर्किनेहरुलाई क्वारेन्टाइनमा राखिनुु, होम क्वारेन्टाइनमा राखिनुु र संक्रमितहरुलाई आइसुुलेसनमा राखिनुु लगायतका क्रियाकलापले कोरोना समुदायस्तरसम्म फैलिना पाएको छैन ।

जब व्यापक रुपमा फैलिन पाएन, तब नै मृत्युुदर पनि बढ्न पाएन । अर्को कुरा विदेश जानेहरु स्वस्थ र युवा उमेरका नागरिक हुन्, उनीहरुको रोग प्रतिरोधात्मक क्षमता पनि बढी भएका कारण मृत्युदर नबढेको हो । सल्यान र शारदा नगरपालिकाको सन्दर्भमा पनि त्यहि नै हो ।

प्रश्नः उसो भए लकडाउन नगरेको भए त भयाबहको स्थिति हुुने रहेछ है ?

उत्तरः हो, यदि समयमै लकडाउन नगरेको भए, स्थिति त निकै भयाबह नै हुनेथियो । लकडाउन र हामी सवैको सजगताले गर्दा समुदायस्तरमा रोग फैलिन पाएन ।

प्रश्नः तर लकडाउनले जनताको आर्थिक स्थिति चौपट पार्न थालेको, गरिबीका कारण आत्महत्याका घटनाहरु निकै बढेको जस्ता समाचारहरु आइरहेका छन् यसको विकल्पका कुराहरुबारे स्थानीय सरकारमा केही छलफल हुने गरेको छैन ?

उत्तरः हो, जनताको दैंनिकी निकै कठिन अवस्थामा पुुगेको छ । घरव्यबहार चलाउन मुश्किल पर्न थालेको छ र पनि महामारीबाट बचियो भने पछि कमाउन सकिन्छ भन्ने नै धेरैको बुुझाई छ । तर जसले यसलाई सामना गर्न सक्दैनन्, उनीहरु आत्महत्या गर्ने सोचमा पुुग्दछन् ।

प्रश्नः महामारी त कसैका लागि कमाउने अवसर पनि भएको भन्छन् त ? बजारमा मास्क र पञ्जा लगायतका विभिन्न वस्तुुहरुको विक्रिबाट व्यापारिहरुले खुवै लाभ लिएको भन्ने चर्चा पनि छ ।

सुुरु सुुरुमा रु.१० पर्ने मास्क रु. ३० देखि ५० सम्ममा विक्री गरेको खवर आइरहेका छन् । त्यस्तै रु.४०० मै पाईने पञ्जाको अहिले रु.११०० पर्ने गरेको छ । त्यस्तै कोरोनो परिक्षणका लागि आवश्यक सामग्रीहरुमा ठूलो अनियमितता हुने गरेका खवर आईरहेका छन्, यसलाई कसरी लिनुुहुन्छ ?

उत्तरः हो, सुुरुसुुरुमा निकै लाभ उठाए । तर यसमा बुुझुनुुपर्ने कुरा के छ भने बजारमा जब बस्तुको समस्या हुुन्छ, सवैको सहज पहुुँच पुुग्दैन, त्यसबेला स्वभावतः बस्तुको भाउ बढी हुन्छ ।

सुुरुसुुरुमा मास्क सवैतिर पाईदैनथ्यो, जसले कारोबार गरे उनीहरुले अलि बढि नै मूूल्यमा विक्री गरे । तर अहिले ति वस्तुुहरु सर्वसुलब बन्दै गएका छन् ।

धेरैलाई बास्तविक मुुल्यबारे जानकारी भैसक्यो, अब त्यसरी नाफा लिन सक्दैनन् । महामारी र संकटको बेला मानिसमा केही दया माया पलाउन सक्नुुपर्दथ्यो, तर बस्तुको भाउ स्वतः बजारले नै निर्धारण गर्ने अवस्थामा सवै कुराहरु स्वभाविक हुने रहेछन् । कसैको लागि पीडाको समय कसैका लागि अवसर पनि भैदिदोरहेछ ।

प्रश्नः कोरोनाले कस्ता व्यक्तिहरु बढी प्रभावित छन् ?

उत्तरः जुनसुकै रोगले पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई बढी प्रभाव पार्दछ । यतिवेला पनि तुलनात्मक रुपमा कमजोर स्वास्थ्य अवस्थाका मानिसहरु नै बढी प्रभावित छन्, बुढाबुुढी र अन्य केही रोगसमेतले थलिएकाहरु बढी प्रभावित छन् ।

प्रश्नः यसको प्रभाव त लामो हुने देखियो ? कसरी चल्छ अब गरिब र पीडितहरुको दिनचर्या ?

उत्तरः कोरोना भाईरसको प्रभाव एक दुुई वर्ष नै हुन सक्छ । खोप तयार भई सवै देशहरुमा पुुग्न र सवै नागरिकहरुको पहुुँचमा पुुग्न लामो समय लाग्न सक्छ, तसर्थ त्यतिवेला सम्म नै कोरोना संक्रमणको जोखिम रहिरहन्छ । हामी सवैले सामाजिक दुुरी कायम गर्दै सचेतना अपनाएर जोगिनुुपर्ने हुुन्छ ।

संक्रमित तथा सम्भावित संक्रमितहरुबाट सकेसम्म टाढै रहेर जोगिनुुपर्ने हुुन्छ । यो संकटको बेला मानिसको जीउज्यान नै सवैभन्दा महत्वपूूर्ण हुन जान्छ, आम नागरिकलाई आर्थिक रुपमा सबल बन्न अब केही समय लाग्ने नै देखिन्छ ।

प्रश्नः अन्तमा के सल्लाह दिनुुहुन्छ, शारदा नगरबासीहरुलाई ?

उत्तरः यो समय कोरोनाको जोखिम युुक्त समय छ, अँझै पनि निकै सजगता अपनाउनुपर्ने अवस्था छ । पहिलो कुरा स्वास्थ्य नै भएकोले स्वस्थ रहन हरसम्भव प्रयास गर्नुपर्ने हुुन्छ ।

चाडपर्व मनाउदा, बजारमा निस्कदा र हाम्रा संस्कार एबं संस्कृतिहरु मनाउदा पनि सचेतता अपनाउने गरौं ।

आर्थिक अवस्ता कमजोर भएको अवस्थामा पनि धैर्य गर्न सक्नुुपर्छ, स्वास्थ्य राम्रो भयो भने मानिसले पछि पनि कमाउन सक्छन्, त्यसैले महामारीबाट जोगिन हरसम्भव प्रयास गरौं, सजगता अपनाऔं, यहि भन्न चाहन्छुु ।

प्रतिक्रिया दिनुहोस