सल्ली चौरजहारी सडक खोलाले अवरुद्ध

सल्यान, २१ असार ।
देवस्थल सल्लीबजार कैनकाँडा चौरजाहरी डोल्पा सडक अवरुद्ध भएको छ । वर्षा लागे सङ्गै उक्त सडक अवरुद्ध भएको हो । शनिबार राती परेको अविरल वर्षाका कारण कुमाख गाउँपालिका वडा नं. १ खारखोलामा सडकमा पुरै खोला आउदा सडक खोलाले बगाउदा सडक अवरुद्ध भएको छ ।

खारखोलाको खोलामा सधैका वर्ष झै यस वर्ष पनि वर्षा लागे सङ्गै फेरि खोलाले बगाएको छ । भने सडक बिभाग दाङ्ले लगाएको १ सय घनमिटर जाली समेत बगाएको छ । अहिले उक्त सडकमा बाइक समेत हिड्ने अवस्था छैन । सडकको ट्रयाकखोलेको १४ वर्ष हुँदा समेत स्तर वृद्धिको काम नहँुदा समस्या भएको छ । नेताहरूले यस बाटोमा खासै ध्यान नपु¥याएका कारण समस्या भएको छ । रुकुम पश्चिमका जाने नागरिक अहिले जाजरकोटको बाटो भएर घर जाने गर्दछन ।

संघीयता आउनु सडक बाधक

यस सडकमा संघीयता आए सङ्गै बजेटमा पर्नेमा ओझेलमा परेको छ । उक्त सडकमा सडक डिभिजन कार्यालय दाङले हेर्दै आएकोमा संघीयता आए सङ्गै कसले हेर्ने भन्ने टुंगो लागेको छैन ।

केही काम प्रदेश सरकार अन्तर्गत सडक डिभिजन कार्यालय चौरजाहारीले हेर्ने गरेको छ भने केही काम पुर्वाधार कार्यालय सल्यानले हेर्ने गरेको छ तर खोलाले सडक बगाउँदा यातायात अवरुद्ध कसले खोल्ने भन्नेमा अनेवल भएको छ । त्यसकारण अहिले सडक अवरुद्ध हुदा समस्या भएको छ ।

रुकुम पश्चिम सासद जनार्दन शर्मा र सल्यान सासद टेक बहादुर बस्नेत छन तर रुकुमले सल्यानको बाटो हो सल्यानी नेताले बजेट छुट्याउनु पर्छ भन्ने गर्छन भने सल्यानका नेताहरूले रुकुमको बाटोहो रुकुमका नेताहरूले पहल गर्नु पर्छ भन्दै पन्छिन गर्दछन । कुनै काम हुने गरेको छैन तर सडक डिभिजन दाङले भन्ने १६ जना काम गर्ने लेन्थवरकर राखेको छ ।

प्रतिक्रिया दिनुहोस

<