भारतबाट फर्किएलगत्तै किन युरोप भ्रमणमा जाँदैछन् प्रधानमन्त्री ओली

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौँ, १९ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओली आउँदो २५ गते नौ दिने युरोप भ्रमणमा निस्कने भएका छन् । ओली युरोपेली मुलुकहरू स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने भएका हुन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओली २५ गते जेनेभाका लागि उड्ने जानकारी दिए । ज्ञवालीका अनुसार २६ गते प्रधानमन्त्री ओलीले जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ० को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

२७ गते प्रधानमन्त्री जेनेभाबाट लण्डन उड्ने छन् । बेलायतमा प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनियनको विशेष कार्यक्रम नेपालको प्रजातन्त्र र विकासबारे बोल्ने छन् । उनी बेलायती संसदको एक समितिको बैठकमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ ।

बेलायत बसाइका क्रममा प्रधानमन्त्री ओली र समकक्षी थेरेसा मेबीच भेटवार्ता हुने मन्त्री ज्ञवालीले जानकारी दिए । भेटका क्रममा भुतपूर्व गोरखा सैनिकका विषयबारे कुराकानी हुनेछ । भेटपछि द्वीपक्षीय सहयोगका केही घोषणा पनि हुनेछ।

जेठ २९ गते प्रधानमन्त्री ओली फ्रान्स जानेछन् । उनले फ्रान्सको दुई दिने ‌औपचारिक भ्रमण गर्नेछन् । नेपाल(फ्रान्स दौत्य सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन् ।

फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंसँग प्रधानमन्त्रीको भेटवार्ताको तयारी भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । नौ दिने भ्रमण सकेर प्रधानमन्त्री असार १ गते स्वदेश फर्किनेछन् ।

शुक्रबार मात्र प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन ओली भारत गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

<