कुमाख गाउँपालिका क्वारेन्टाइनमा बसेका ४ जनाकै आरडिटी परीक्षणः सबैको रिर्पोट नेगेटिभ


सन्जिब शर्मा
वैशाख २३,सल्यान

कुमाख गापालिकाकाको क्वारेनटाइनमा बसेका ४ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरेको छ ।
रोजगारीका लागि विभिन्न स्थानमा पुगी क्वारेनटाइनमा १४ दिनको अवधि पुरा गरेका ४ जनाको आरडिटी परीक्षण गरिएको हो ।

परीक्षणमा सबेको रिर्पोट नेगेटिभ भएको कुमाख गाउँपालिकाले जनाएको छ । १४ दिनको अवधि पुरा गरेका तथा आरडीटी परीक्षण नेगेटिभ आएका चार जनालाई नै घर पठाइएको गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर गिरिले बताइन ।
कोरोनाको जोखिममा सबै रहेकाले सामाजिक दुरी र शारिरिक दुरी कायम वरी उच्च सतर्कता अपाउन उनले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

<