एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र हव ल्दारको मृत्यु

२३ बैशाख २०७७, मंगलवार

कैलालीको गौरीगंगामा एम्बुलेन्स र मोटरसाइकल ठो क्किँदा सशस्त्र प्रहरीका एक सहायक हवल्दा रको मृ त्यु भएको छ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–९ शंकरपुरमा भएको दुर्घ टनामा मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय गोरख ऐरको मृ त्यु भएको हो।

उनी सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत थिए। पश्चिमबाट पूर्व तर्फ गईरहेको से १ च १८२८ नम्वरको ओमसाई अस्पतालको एम्बुलेन्स र पूर्वबाट पश्चिम तर्फ आईरहेको म २ प ५३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठो क्किँदा दुर्घ टना भएको थियो।

दु र्घटनामा परेर मोटरसाइकल चालक घोडाघोडी नगरपालिका– १० का २८ वर्षीय भरत बोहरा घा इते भएका छन्।

दिउँसो साढे १२ बजेतिर भएको दुर्घ टनामा ग म्भीर घा इते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पतालमा ल्याएपछि मृ त्यु भएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्ष कुमार बस्नेतले बताए।

एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका–१० का आशाराम चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले निय न्त्रणमा लिएको बस्नेतले बताए।

pathakpatra

प्रतिक्रिया दिनुहोस

<