भारतीय ट्रकबाट १ करोड ९ लाख भारतीय रुपैयाँ बरामद

२०७७ वैशाख २३

भारतको सुपौलबाट आएको खाली ट्रकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद गरेको छ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो।

डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा प्रहरी र सश्त्रको संयुक्त टोलीले केहीबेर अघि कार्टुनमा राखिएको अवस्थामा उक्त रकम बरामद गरेको हो।

प्रहरीले ट्रकका चालक र सह-चालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

dineshkhabar

प्रतिक्रिया दिनुहोस

<