चट्याङ लागेर बालिकाको मृत्यु, पाँच घाइते 

बैशाख २३, २०७७
सल्यान :
सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका ३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
मंगलबार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते उनको उपचारका क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। चट्याङ लागेर कुमाख गाउँपालिका ३ का वडासदस्य ३६ वर्षिय अतिराम राना, श्रीमती ३० वर्षिया दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेक बहादुर राना र २३ वर्षिय रणसिंह राना छन्। सल्यान अस्पतालमा उनीहरुको उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
thaha

प्रतिक्रिया दिनुहोस

<