लकडाउनकै बीच शुुरु भयो सल्यानमा विकास निर्माण गतिविधि

कोरोना महामारीका कारण अहिले देश ठप्प अवस्थामा छ । तर सल्यानमा भने लकडाउनसँगै धमाधम विकास निमार्णका कामहरु हुन थालेका छन् । सडक निर्माण, पुल निर्माण लगायत साना तथा मझौला योजनाहरु पछिल्लो समयमा धमाधम हुन थालेका छन् ।

 

लकडाउनको प्रारम्भ भएसँगै थारमारे चौरजहारी सडक खण्ड अन्र्तगत कुमाख गाउँपालिकाको त्रिवेणीमा पक्की पुल रोकिएको थियो । असार महिना भित्र योजना सम्पन्न गरीसक्नु पर्ने भएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा निमार्णको काम पुनः थालिएको छ । एक महिना भन्दा बढी काम रोक्नुपर्दा निर्धारित समयमा पुलको काम सम्पन्न नहुने भएपछि सुरु गरिएको निमार्णको ठेक्का लिएको नार्गाजुन शिव निर्मल जेवि कम्पनीले जनाएको छ । वर्षातको समय सुरु हुनु अगावै पुल निमार्ण पुरा गर्नका लागि लकडाउनको बिचमा पनि पुनः काम सुरु गरेको ठेकेदार मान बहादुर बुढाथोकीले बताए । उनले भने‘ वर्षात सुरु हुनु अगाडि नै काम नसके पछि समस्या हुन सक्ने सम्भावना भएकाले लकडाउनको समयमै कार्य गरी रहेका छौं ।’

यस्तै छत्रेश्वरी गाउँपालिकाले आफ्नै लगानीमा सडकको स्तरउन्नती गरी रहेको छ । दारिमज्युला खर्सुवास सडकको स्तरउन्नती तथा ट्याक ओपनको काम भइरहेको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।
विकास निमार्ण गर्ने समयमा लकडाउन भएपछि रोकिएका काम विस्तारै सामाजिक दुरी कायम गरी औजारको माध्यामबाट भइरहेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए ।
शंखमुलदेखि जयचौरसम्म १० मिटर चौडा सडकको स्तरउन्नती र जयचौरदेखि खर्सुवाससम्म १३ किलो मिटर नयाँ ट्याक खोलिने उनको भनाई छ । गाउँपालिकाकै स्रोत साधन र मेसिन प्रयोग भएकाले खर्चको अनुमान नगरिएको उनको भनाई छ ।

दार्मा गाउँपालिकाले पनि शर्त सहित विकास निमार्णलाई अघि बढाई रहेको छ । गाउँपालिकाले दर्जन बढी योजनाहरु अहिले सञ्चालन गरी रहेको छ । ढाकाडामकोट साङटा झ्यारीबाङ फारुला तिमिलकाँडा सडक निमार्ण तिब्र रुपमा भइरहेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।
सम्भावित कोरोना भाइरसको संक्रमणबाट सचेत रहदै विकास निमार्णका कार्य भइरहेको उनको भनाई छ ।

 

salyankhabar

प्रतिक्रिया दिनुहोस

<