दिग्गज कलाकार इरफान खान र ऋषि कपुरको निधनपछि बलिउडलाई तेस्रो झटका

 

नयाँ दिल्ली।

दिग्गज कलाकार इरफान खान र ऋषि कपुरको निधनपछि बलिउडलाई तेस्रो झटका लागेको छ।

चर्चित फिल्म निर्माता तथा प्रोड्युसरर्स गिल्ड अफ इन्डिया (पिजिआई)का सिइओ कुलमित मक्करको शुक्रबार निधन भएको छ।

पिजिआइका प्रवक्ताका अनुसार हृदयघातका कारण उनको ६० बर्षको उमेरमा निधन भएको हो।

पिजिआइले एक विज्ञप्ति जारी गर्दै भारतीय चलचित्र र टेलिभिजन क्षेत्रको विकासमा उनको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

कुलमितको निधनमा बलिउड कलाकारहरूले ट्वीट गरेर उनलाई श्रद्धांजलि अर्पण गरेका छन्।

ehulaki.com

प्रतिक्रिया दिनुहोस

<